४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

व्यावसायिक वातावरणमा सुधार, नेपाल ९४औँ स्थानमा

व्यावसायिक वातावरणमा सुधार, नेपाल ९४औँ स्थानमा
अ+ अ-

काठमाडौँ । नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४औँ स्थानमा पर्न सफल भएको छ ।
सन् २०१९ को सुरुआतमा नेपाल ११०औँ स्थानमा थियो । अर्थतन्त्रका केही महìवपूर्ण सूचकमा भएको सुधारले नेपाल पहिलोपटक सय देशको सूचीभित्र समावेश भएको हो ।

डुइङ बिजनेसको तथ्य पत्ता लगाउन विश्व बैङ्कले विभिन्न १० वटा सूचकलाई आधार मानेर त्यसैअनुसार छुट्टाछुट्टै रूपमा देशको स्थिति निर्धारण गरेको छ । १० सूचकमध्ये ऋण प्राप्ति र अन्तरदेशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा, समस्याको समाधानमा नेपालको अवस्था राम्रो छ । ऋण प्राप्तिमा नेपाल ३७औँ, अन्तरदेशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा छ । व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालमा कुनै नयाँ व्यवसाय सुरु गर्न २२.५ दिन लाग्छ ।

त्यस्तै निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७औँ स्थान प्राप्त गरेको छ । औसतमा ११८ दिनमा बल्ल निर्माणको अनुमति पाउने प्रतिवेदनमा उल्लेख छ । विद्युत्को नियमित आपूर्ति भइरहे पनि व्यवसाय सञ्चालनका लागि विद्युत् प्राप्तिको अवस्थामा भने नेपाल १३५औँ स्थानमा छ । विद्युत् प्राप्तिका लागि ४९ दिन लाग्ने उल्लेख छ । सम्पत्ति दर्तामा नेपालले ९७औँ स्थान प्राप्त गरेको छ । यसको प्रक्रिया भने जम्मा छ दिन लाग्ने देखिन्छ । कर भुक्तानीमा भने नेपालको अवस्था कमजोर देखिन्छ । प्रतिवेदनअनुसार नेपाल यसमा सबैभन्दा खराब अवस्थामा अर्थात् १७५औँ स्थानमा छ । कर भुक्तानीमा वर्षमा ३७७ घन्टा लाग्ने उल्लेख छ ।

त्यस्तै कुल नाफा र योगदान दर नाफाको ४१.८ प्रतिशत रहेको पनि उल्लेख गरिएको छ । सम्झौता कार्यान्वयनमा पनि अवस्था खास राम्रो छैन । यो सूचकमा नेपाल १५१औँ स्थानमा छ । त्यस्तै सम्झौता कार्यान्वयनका लागि ९१० दिन लाग्ने उल्लेख छ । व्यवसाय सञ्चालनको वातावरणमा नेपाल दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा परेको छ । यो सूचीको सबैभन्दा अगाडि भारत छ । जो समग्र सूचीमा ६३औँ स्थानमा परेको छ । ८९औँ स्थानमा रहेको भुटान दक्षिण एसियामा दोस्रो स्थानमा छ । भुटानपछि नेपाल रहेको छ ।

नेपालपछि रहेको श्रीलङ्का समग्रमा ९९औँ स्थानमा छ । त्यसपछि पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश र अन्तिममा अफगानिस्तान रहेको छ । व्यावसायिक वातावरण सुधारमा उत्कृष्ट प्रयास गरेका देशमध्ये अजरबैजान, बहराइन, बङ्गलादेश, चीन, जिबौटी, भारत, जोर्डन, केन्या, कोसोभो, कुवेत, किर्गिस्तान, म्यानमार, नाइजेरिया, पाकिस्तान, कतार, साउदी अरेबिया, ताजकिस्तान, टोगो, उज्वेकिस्तान र जिम्बाव्बे छन् । गोरखापत्र दैनिकबाट