९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
अ अ+ अ-

कैलाली। धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ ।

विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उहाँले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको छ ।

सुरुमा सामूहिक लगानीमा सञ्चालित सो उद्योगबाट व्यवसाय गर्दै आउनुभएकी मगरले व्यवसाय फस्टाउँदै गएपछि व्यक्तिगत लगानीमा व्यवसाय विस्तार गर्नुभयो । उहाँले भन्नुभयो, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा दुनाटपरी उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गए र आम्दानी मनग्य हुन थालेपछि एक्लैले व्यवसाय गर्दै आएको हुँ ।”

राहदानी बनाएर विदेश जान तयार हुनुभएकी उद्यमी मगरले आर्थिक स्थितिका कारण वैदेशिक रोजगारको मोह त्याग्नुभएको थियो । आफू स्वरोजगार हुनुका साथै उहाँले सोही ठाउँका पाँच जना स्थानीय महिलालाई रोजगार पनि दिनुभयो । दुनाटपरी उद्योगबाट मासिक रु दुई लाख ७० हजार बराबरको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

दुनाटपरीका लागि चाहिने कच्चापदार्थ, कामदारको तलब, जीविकोपार्जनलगायत परिवारको सम्पूर्ण खर्च कटाएर मासिक रूपमा रु ३५ हजार बचत हुने गरेको मगरले जानकारी दिनुभयो । “परिवारमा आफूसहित श्रीमान्, एक छोरी र एक छोरा छौँ । छोराछोरीको शिक्षादिक्षाको खर्च यही व्यवसायीले धान्दै आएको छ”, उहाँले भन्नुभयो ।

उद्यमी मगरले भन्नुभयो, “सुरुमा आर्थिक स्थिति एकदम कमजोर थियो, खानलाउनसमेत धौधौ पर्दथ्यो । अहिले श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । आफूले दुनाटपरी व्यवसाय समाल्दै आएको छु । आर्थिक स्थिति सुध्रिएको छ । छोराछोरीलाई राम्रो स्कुलमा पढाएको छु ।”

दुनाटपरी उद्योग सञ्चालनका साथै स्थानीय महिलालाई उहाँले दुनाटपरीको तालिम दिने गर्नुभएको छ । वडाबाट आएको कार्यक्रममार्फत स्थानीय महिलालाई तालिम दिएको उहाँले अनुभव सुनाउँनुभयो । धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई आफूले दुनाटपरीसम्बन्धी तालिम दिएको उहाँले जानकारी दिनुभयो ।

मगरका अनुसार उद्योगबाट दिनमा तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको छ । टपरी रु चार र दुना रु एकमा बिक्री हुने जनाउँदै उहाँले दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरामा समेत पठाउने गरेको बताउनुभयो । सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको उहाँको भनाइ छ ।

मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भई गत वर्ष सम्मानित भएको स्मरण गर्नुभयो । उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । रासस