९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बागमती प्रदेशसभा बैठकः प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

बागमती प्रदेशसभा बैठकः प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत
अ अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गर्नुभएको छ ।

आजको बैठकमा सो आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बागमती प्रदेशभित्र राजस्व असुली गर्ने कार्य उल्लेखित प्रगती भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले प्रदेशको विभिन्न जिल्लामा नयाँ ८०० किलोमिटर सडक निर्माण सम्पन्न गरिएको र खानेपानी, सिँचाइका विद्युतीय योजनालाई कार्यान्वयन गर्दै लगिने जानकारी दिनुभयो ।

मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा सडकका ढल व्यवस्थापन गरिनुका साथै स्तरोन्नति गरिएको, थप सडक कालोपत्र गरी विपन्न जनतालाई सुविधा उपलब्ध गराइएको उल्लेख गर्नुभयो । उहाँले कृषि उत्पादनलाई बढुवा दिन विपन्न समुदायको चेपाङ, तामाङ, जनजाति, दलित, आदिवासीलगायत खस र आर्यलाई केन्द्रमा राखेर आगामी आव २०८३/८४ का लागि आर्थिक योजनाका कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

सोही बैठकमा प्रदेशसभाअन्तर्गत रहेका पाँच वटा विभिन्न समितिका सभापतिहरूले आआफ्नो समितिको तर्फबाट सातौँ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समितिको सातौँ प्रतिवेदन प्रस्तुत गर्नेमा क्रमशः प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जेलामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, अर्थ तथा विकास समितिका सभापति नुरज वज्राचार्य, कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुरप्रसाद ढकाल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ हुनुहुन्छ ।

बैठकमा विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले सो समितिको तेस्रो प्रतिवेदन छुट्टै पेस गर्नुभएको थियो । प्रदेशसभाको उपसभामुख अप्सरा चापागाईंले अर्को बैठक असार १ गते अपराह्न ४ः०० बजे बस्ने जानकारी दिँदै आजको बैठक स्थगित गर्नुभयो ।  रासस