१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीले सम्मेलन गर्दैछ । सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

यस्तै प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने उनले बताए ।फरक प्रसंगमा माओवादीले एमसीसी यथास्थितीमा पारित गर्ने पक्षमा नरहेको महराको भनाई छ ।