१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीले सम्मेलन गर्दैछ । सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

यस्तै प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने उनले बताए ।फरक प्रसंगमा माओवादीले एमसीसी यथास्थितीमा पारित गर्ने पक्षमा नरहेको महराको भनाई छ ।