४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अख्तियार प्रभाव: देशभरका मालपोत कार्यालयमा कर्मचारीहरु जानै छाडे

अख्तियार प्रभाव: देशभरका मालपोत कार्यालयमा कर्मचारीहरु जानै छाडे
अ+ अ-

काठमाडौं । मालपोत कार्यालयप्रति कर्मचारी वितृष्णा बढेको छ। पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ। केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन। अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन्। दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ। भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवाप्रवाह प्रभावित भएको छ।

मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ। मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए। ७ वटा कार्यालयमा भूसेवा केन्द्रमार्फत् सेवा प्रदान गर्न थालिएको छ। पब्लिक एसेस मोडलबाट सेवा प्रदान भइरहेको छ। १०१ वटा कार्यालयमा अनलाइन सिस्टममा मालपोतको सेवाप्रवाह भइहरेको छ।

ती कार्यालयमा कति कारोबार भयो, त्यसको रिर्पोट प्रत्येक दिन हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसलाई यही वर्षभित्र ११६ कार्यालयमा पुर्याउने लक्ष्य रहेको उनले बताए। सुविधा सम्पन्न कार्यालयको लागि सूचना प्रविधिमा अव्यस्त जनशक्ति नरहेको उनको भनाइ छ। ‘पूरानो जनशक्तिमा आइटीको ज्ञान छैन, पुरानो जनशक्ति अव्यस्त हुन सकेको छैन’, उनले भने। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, सचिव सूर्यप्रकाश गौतम, विभागका महानिर्देशक ज्ञवालीले प्रत्येक कार्यालयको काम कारवाही हेर्न सक्ने प्राविधिक व्यवस्था गरिएको छ।

यो प्रविधिले कोठाबाटै मन्त्री, सचिव र डीजीले २० कार्यालयको काम कारवाही निरीक्षण गर्न सक्छन्। सीसी क्यामेराबाट उपत्यकाका कार्यालयको निरीक्षण गर्न सकिने प्रणाली समेत छ। सरकारले वाइड एरिया सर्भेलेन्स मार्फत् देशभरको मालपोत कार्यालयको काम कारवाही हर्ने प्रणालीको विस्तार गर्ने तयारी गरिएको छ। तर बैठक, गोष्ठीलगायतका काम कारवाहीमा व्यस्त हुने हुँदा उनीहरूले हेर्न सक्ने अवस्था छैन। यो प्रविधिको नियमित अवलोकन गरी मन्त्री, सचिव, डीजीलाई ‘विफ्रिङ’ गर्न कर्मचारीको अभाव छ।

अर्कोतिर इन्टरनेट नपुग्ने, कनेक्टीभिटी, विद्युत् अभावका कारणले मालपोतको सेवा आधुनिकीरण गर्न समस्या भइरहेको उनको भनाइ छ। उनले देशभरका मालपोतमा जनशक्ति अभाव रहेको बताए। देशभर सञ्चालनमा रहेका १२६ मालपोतमा ४० प्रतिशत जनशक्ति अभाव छ। १३१ वटा मालापोत कार्यालयमा ३ हजार २ सय कर्मचारी दरबन्दी छ। त्यसमा १ हजार १ सयको दरबन्दी खाली छ। पाँचवटा मालपोत कार्यालय सञ्चालनमा छैनन्।

उनले मालपोत कार्यालय प्राविधिक जनशक्ति नहुँदा सेवाप्रवाह सुस्त भएको स्वीकार गरे। महानिर्देशक ज्ञवाली जनशक्तिलाई आईटीसम्बन्धी तालिम दिने काम भइरहेको बताउँछन्। जनशक्ति माग गर्न ओएनएम (दरबन्दी संरचना) को काम भइरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायका प्रवक्ता जनकराज जोशीले मालपोतमा कर्मचारी जान नचाहनुको कारण अख्तियारको कारवाही मात्रै नभएको बताउँदै अन्य धेरै कारण रहेको तर्क गर्छन्।

मोलपोत भनेको विशेषज्ञ र प्राविधिक सेवा भएकाले त्यससम्बन्धी नबुझेको जनशक्ति जान नचाहँदा अभाव भएको उनको भनाइ छ। दुई वर्षदेखि कर्मचारी पदपूर्ति रोकिँदा तथा समायोजनले यताउता हुँदा कर्मचारी अभाव भएको उनको बुझाइ छ। ‘मालपोतमा जनशक्ति कम छ, त्यसमा पनि आइटीका जनशक्ति त न्यून नै छन्’, उनले भने, ‘तर काम भने रोकिएको छैन। करारमा कर्मचारी राखेर पनि काम गरिरहेका छौं।’ अन्नपुर्णपोष्ट दैनिकबाट