२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री यादव



रामजी यादव
अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री यादवले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले रोजगारदातालगायतका सम्बन्धित पक्षसँग व्यापक छलफल गरेर अघि बढने योजना बनाएको पनि बताउनु भयो ।

उहाँले बौद्धिक सम्पती संरक्षण सम्बन्धि राम्रो कानून बनाएर त्यसबाट पनि रोजगारीको अवसर सृजना गर्न चाहेको बताउनु भयो । मन्त्री यादवले कुनैपनि युवालाई रोजगारीको खोजीमा विदेश जान बाध्य हुने विद्यमान अवस्थाको अन्त्य गर्ने सपना आफूले लिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारको तर्फबाट म के भन्न चाहन्छु भने–हामी युवालाई सीप, रोजगार र उद्यमसँग जोडने कामलाई राष्ट्रिय अभियानको रुपमा बढाएका छौ । अबको दशकमा गोभरमेन्ट, इम्प्वोइयरको बीचमा कोअपरेशन गरेर रोजगार कसरी सृजना गर्न सकिन्छ ? यसमा छलफलहरु गरौँला, कामहरु गरौँला । जस्तै हामीले जिन्जर बंगलादेश पठाउँछौँ, अन्य ठाउँहरुमा पनि पठाउँछौँ । त्यही जिन्जरलाई उताबाट प्याकिङ गरेर हामीलाई पठाइदिन्छ । हामीले टी पठाउँछौँ, त्यसैलाई प्याकिङ गरेर हामीलाई पठाइदिन्छ । अब इन्टरलेक्च्युयल प्रपर्टीको कुरा पनि आउँछ । यसमा पनि इन्नोभेशनका कुराहरु कल्पना गरिएको छ । इन्टरलेक्च्युयल प्रर्पटीको राम्रो कानून नभएको अवस्था पनि छ । त्यसलाई पनि बदल्ने छौ । चाँडै त सम्भव नहोला । तर एउटा सपना देखेको छु–नेपाल निर्माण गर्नुछ, जहाँ युवा विदेश जान बाध्य नहोस् । गएपनि सीपका साथ जाओस । र, अनुभव लिएर फर्कियोस । यहाँ विजनेश गरोस् ।’

मन्त्री यादवले सरकारले विदेश गएका युवाहरुलाई पनि स्वदेशमा नै रोजगारीको अवसर दिने अठोटसहित काम गरिरहेको बताउनु भयो ।