९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा जोड



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन सुरू गरेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै उहाँले दशकौँदेखि चर्चामा सिमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बस्न बाध्य भएका साना उद्यमीहरूका लागि सरकारले विशेष ‘आममाफी’को योजना ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार विगतका वक्यौताहरूका कारण ठूलो दायित्व बोकेका करिव २ देखि ३ लाख साना कम्पनी तथा व्यक्तिहरूले अब १ प्रतिशत प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसायलाई पुनः वैधानिक रूपमा अगाडि बढाउन सक्नेछन् ।

उहाँले भन्नुभयो, ‘राज्यलाई कर छलेर वा डराएर बस्नु पर्दैन, कम क्लिन, स्टार्ट अन्यूको भावनाका साथ अगाडि बढ्नुस्, विगतको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले आँट्न नसकेको यो ऐतिहासिक र शाहसिक निर्णय वर्तमान सरकारले लिएको छ ।’

सार्वजनिक सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन सरकारले मालपोत, राहदानी र लाइसेन्स जस्ता कार्यालयहरूमा आमूल सुधार गरिरहेको उहाँले बताउनु भयो । नागरिक एपमार्फत थप १०० वटा सेवाहरू उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उहाँले डिजिटल माध्यमबाट सेवा प्रवाह गरी बिचौलियाहरूको भुमिका अन्त्य गर्ने स्पष्ट पार्नुभयो । सफ्टवेयर र हार्डवेयर खरिदमा हुने आर्थिक अनियमिततालाई चिर्दै प्रविधिमैत्री प्रशासन बनाउन सरकार दृढ रहेको उहाँको भनाइ थियो ।

नेपालले परम्परागत प्रविधिलाई छाडेर सिधै आधुनिक प्रविधिमा फड्को मार्ने रणनीति लिएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले नेपालमा ‘सोभरेन एआई कम्प्युट सेन्टर’ स्थापनाका लागि तयारी भइरहेको र यसका लागि विश्वविख्यात प्रविधि कम्पनीहरूसँग संवाद भइरहेको जानकारी दिनुभयो ।

‘हाम्रो स्वच्छ ऊर्जालाई तारमार्फत निर्यात गर्नुको सट्टा एआई कम्प्युट पावरका रूपमा प्रशोधन गरी निर्यात गर्दा १० देखि १०० गुणा बढी आम्दानी गर्न सकिने सम्भावना छ ।’ उहाँले भन्नुभयो ।

गत वर्षको तथ्याङ्कले सूचना प्रविधि निर्यातबाट उल्लेख्य आम्दानी भइरहेको देखाएको भन्दै उहाँले यस क्षेत्रलाई थप व्यवस्थित र बिस्तार गरिने बताउनु भयो । सरकारले मुलुकको अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पु¥याउने र ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यसका लागि डिजिटल अर्थतन्त्र, जनसाङ्ख्यिक लाभ र डायस्पोरालाई जोड्ने अवधारणा अघि सारिएको छ ।

अर्थमन्त्री वाग्लेले नीतिगत सुधारका लागि आफू मन्त्री भएकै दिन १५ वटा पुराना ऐनहरू खारेज गरेको र यसपटकको बजेटमार्फत थप २५ देखि ३० वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । धितोबिनाको कर्जा र पीटुपी लेन्डिङ जस्ता अवधारणालाई पनि कार्यान्वयनमा ल्याइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विगत १०–१५ वर्षदेखि सिमित स्वार्थ समूहको कब्जामा रहेको राज्यका संयन्त्रहरूलाई मुक्त गर्ने अभियान शुरु भएको भन्दै उहाँले ठूला भ्रष्टाचार र वित्तीय घोटालाहरूमाथि कारबाही अघि बढाइएको बताउनु भयो । युवाहरूमा रहेको ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘हामीले ५ वर्षको मार्गचित्र लिएर काम गरिरहेका छौँ । यो वर्ष जग बसाल्ने वर्ष हो, आगामी वर्षहरूमा यसको प्रतिफल देखिनेछ ।’

मन्त्री वाग्लेले युवा उद्यमीहरूलाई सरकारको सहयोगी र वकालतकर्ताका रूपमा उभिन आग्रह गर्नुभयो ।