५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले

मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले
अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताउनुभएको छ ।

आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको बताउनु भयो ।

उहाँले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गर्नुभयो । उहाँले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताउनु भयो । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरु विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरुको कब्जामा थियो । स्वार्थ समूहहरुले देशलाई क्याप्चर गरेका थिए । पोलिटिसियनहरु उनीहरुको गोजीमा थिए । राज्यका अन्य अंगहरु समेत उनीहरुको प्रभावमा थिए । त्यसलाई हामी तोड्दैछौँ । नेपालको इतिहासमा सबैभन्दा ठुलो फाइनान्सियल स्क्यान्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ । १ खर्बभन्दा बढी विगो मागेर अहिले मुद्दा चलिरहेको छ । यसको पछाडिको कथा तपाईले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ । त्यसकारण हामीले अहिले यो सबै गडबडी सफा ‘क्लिन अप दि मेस’ शुरु गरेका छौँ, ताकि तपाईहरु जस्ता युवा विदेशिन नपरोस् । यो देशमा केही हुदैन, यो देश कहिल्यै बन्दैन, मैले आफ्नो सपना पूरा गर्ने हो भने विदेश जानुपर्छ भन्ने भाष्य चिर्दैछौँ । त्यसकारण तपाईंहरु आउनुहोस् र भन्नु्होस् के के सुधार्नुपर्ने हो ? यसको लागि बजेट कुर्नुपर्दैन ।’

मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको उहाँको भनाइ छ ।