५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने

भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने
अ+ अ-

नाइमा मोबिलिटी एक्स्पो २०२६ का लागि ४९ ब्रान्डको स्टल बाँडफाँड सम्पन्न

काठमाडौं ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

नाइमाले शुक्रबार आयोजना गरेको स्टल बाँडफाँड कार्यक्रममा पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डलाई कुल ४९ वटा स्टल वितरण गरेको जनाएको छ। जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डलाई र २३ वटा स्टल दुई पांग्रे तथा व्यावसायिक सवारी साधन ब्रान्डलाई उपलब्ध गराइएको छ।

कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व र प्रभाव बढ्दै गएको बताउनुभयो। उहाँले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई केवल सवारी साधन प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो तथा सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो।

वैद्यले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको बताउनुभयो। उपलब्ध स्थान र सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमा सदस्य कम्पनीलाई प्राथमिकतामा राखेर यस्ता अनुरोध सम्बोधन गर्ने प्रयास गरिने उहाँको भनाइ थियो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको संकेत भएको बताउनुभयो। उहाँले उद्योग क्षेत्रबाट प्राप्त सहयोग र सहभागिताले एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताउनुभयो। उहाँले अधिकांश प्रमुख सवारी साधन ब्रान्डको सहभागिता सुनिश्चित भइसकेको र प्रदर्शनीको तयारी उच्च मापदण्डअनुसार अघि बढिरहेको जानकारी दिनुभयो।

एक्स्पोमा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रदर्शनीमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू समेत समावेश हुनेछन्। यसले उपभोक्ता, व्यवसायी तथा उद्योगसँग सम्बन्धित सरोकारवालालाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नाइमा नेपालले ‘मोबिलिटी फर अल’ अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्द्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चको भूमिका निर्वाह गर्दै आएको छ। प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिपल सोलुसन्स डिजिटल मिडिया साझेदार र प्रोफिट मिडिया नाइमा मोबिलिटी पब्लिकेसन्स साझेदारका रूपमा रहनेछन्।