९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो

भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
अ अ+ अ-

गण्डकी। भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित ‘बिटुबी’ एवं ‘सेल्स मिसन’मार्फत पोखरा र कोलकाताबीच पर्यटन साझेदारीलाई अगाडि बढाइएको हो ।

त्यस क्रममा पोखराका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई आकर्षक ‘प्याकेज’ सहितको भ्रमण योजना प्रस्तुत गरेका थिए । भारतीय पर्यटन व्यवसायीले आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले बताउनुभयो ।

भारतीय पर्यटन व्यवसायीले पोखरा, मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र र गण्डकी प्रदेशका अन्य पर्यटकीय गन्तव्यलाई भारतीयमाझ चिनाउने र घुम्नका लागि प्रेरित गर्ने बताएको उहाँको भनाइ छ ।

कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटनले नेपाल र भारतबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिमा थप टेवा पुग्ने बताउनुभयो । ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ले पश्चिम बङ्गाल र पोखराबीच सहकार्य र पर्यटन विस्तारका लागि नयाँ आधार तयार गरेको उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीच सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको बताउनुभयो । उहाँले पर्यटन साझेदारीले दुवै ठाउँले लाभ लिन सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको बताएका थिए । पर्यटकीय राजधानी पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कोलकाताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिएको हो ।

अध्यक्ष दाहालले पश्चिम बङ्गालका बासिन्दालाई लक्षित गरेर कोलकातामा पोखराको पर्यटन प्रवर्द्धन गरिएको बताउनुभयो । “पछिल्लो समय पोखरासहित नेपालका विभिन्न गन्तव्यस्थलमा भारतीय पर्यटकको आवागमन बढेको छ”, उहाँले भन्नुभयो, “बिटुबी कार्यक्रमले नेपालमा भारतीय पर्यटकको सङ्ख्यालाई थप वृद्धि गर्न मद्दत पुग्नेछ ।”

कार्यक्रममा पोखरासहित समग्र नेपालको पर्यटन गतिविधि समेटिएको वृत्तचित्र, प्रवर्द्धनात्मक सामग्री प्रदर्शन एवं वितरण गरिएको थियो । कार्यक्रममा टूर अपरेटर्स वेलफेयर एसोसिएसन, इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बङ्गाल, एसोसिएसन अफ बुद्धिस्ट टुर अपरेटर्स तथा एसोसिएसन अफ टुरिजम सर्भिस प्रोभाइडर्स अफ बङ्गालका प्रतिनिधिहरूको सहभागिता थियो ।

नाट्टा गण्डकीले यसअघि भारतको पटना, बाराणासी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पोखराको पर्यटन प्रवर्द्धनसँगै ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिसकेको छ । रासस