१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने



अ+ अ-

काठमाडौँ: गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।

संस्थानद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लाका विभिन्न स्थानमा रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ।

यस्तो कार्यले सार्वजनिक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षणमा चुनौती सिर्जना गरेको भन्दै गुठी संस्थानले सम्बन्धित सबैलाई तत्काल अतिक्रमण हटाउन आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइने संस्थानले स्पष्ट गरेको छ।

गुठी संस्थानले राजगुठी अन्तर्गतका मठ–मन्दिर, पोखरी तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापन सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न स्थानीयवासी, सम्बन्धित निकाय तथा अतिक्रमणकारीलाई आह्वान गरेको छ।