९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’

हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’
अ अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उहाँले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गर्नुभयो ।

उहाँले आफूले धरानको मेयर हुँदा दैनिक करिव एक हजार गाली पाउने गरेको स्मरण गर्र्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताउनु भयो ।

अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गर्नुभयो ।

उहाँले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने दाबी गर्नुभयो । नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उहाँले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताउनु भयो । आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको पनि आरोप लगाउनु भयो । उहाँले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोठ दिनुभयो । उहाँले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली गर्दोरहेछ । संसारमा अहिले सबै भन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ । मैले किन गाली खाइराख्नु परिरहेछ त भन्दाखेरि यो देशलाई बिछट्टै माया गर्छु । यो देशलाई सम्झेर थुप्रो चोटी रोएको छु, थुप्रो चोटी हाँसेको पनि छु । मलाई गाली गर्नेहरुको संख्या अझै धेरै बढेको छ । पहिला धरानमा हुँदाखेरि मैले दिनको एक हजार वटा गाली पाउँथे, अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु । ती सम्पूर्ण मलाई गाली गर्ने महानुभावहरुलाई, ती विद्वान मित्रहरुलाई, ती बौद्धिक मित्रहरुलाई मेरो हार्दिक सम्मान छ, मेरो माया सम्झना छ । यसरी नै मलाई गाली गरिरहनुस्, म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरु मेरो खुट्टा तानिरहनुस् । तर अन्ततः जित मेरै नै हुनेछ । दार्चुलामा पुल थाप्नका लागि हामी गयौं, थुप्रैले खुट्टा तानेको तानेकै, तपाईंहरुले खुट्टा तानिरहनुभएको छ, हामीले पुलको लट्ठा तानेर पुल बन्न आट्यो । अब १०–१५ दिनमा उद्घाटनमा जाँदैछु । त्यसपछि हामी फेरि अर्को प्रोजेक्ट गर्छौं त्यहाँ पनि खुट्टा बेस्सरी तान्नु है । हामी यो देशलाई जब माया गर्छौं, अपहेलित बन्छौं, तिरस्कृत हुन्छौं, बहिस्कृत हुन्छौं, सकिन्छ भने आफू काम गरौं, आफू काम गर्न सकिँदैन भने अरुले गरेकोलाई खुट्टा तान्ने काम, बाधा अवरोध गर्ने काम र त्यसलाई अपमानित र निरुत्साहित गर्ने चलनको अन्त्य गरौं ।

त्यो चलनको अन्त्य भएको दिन सतीले दिएको सरापदेखि मुक्त हुनेछ, हाम्रो देश । प्रधानमन्त्रीलाई संसदको रोष्ट्रममा उभिएर जनताको उत्तर दिनुपर्छ भन्नु मेरो गल्ती हो ? देशको सिमानामा सुस्तामा भारतीय सेना आएर हतियार देखाएर अतिक्रमण गर्न थाले, त्यहाँनेर हाम्रो सेना पठाउनुपर्छ, सुरक्षाकर्मी पठाउनुपर्छ भन्ने मेरो गल्ती हो ? विदेशी ऋण लिएर हैन, ठूलठूला तपाईंको संरचनाहरु बनाएर विकासको फुइँ लाउनु भन्दा आफ्नै ढुङ्गा माटोमा आफ्नै पसिना बगाएर स्वाभिमानी, स्वाधिन अर्थतन्त्रको विकास गरौं भन्नु मेरो गल्ती हो ? गल्ती कहाँ छ हर्क साम्पाङ को ? त्यत्तिकै हावामा गाली गरेको छ, गाली गरेको छ, गाली गरेको छ । तपाईंको मनलाई सोधेर हेर्नु त, तपाईंको मनले साँच्चै नै हर्क साम्पाङ गलत हो भन्छ त ? कि तपाईंलाई कसैले पैसा दिएर गाली गर्, एउटा गाली गरे बापत तपाईंलाई ५० रुपैयाँ दिन्छु, १०० रुपैयाँ दिन्छु भनेर अह्राएको हो ? यदि त्यो गाली गर्ने तपाईंको पेशा हो भने ठीक छ, एउटा कम्पनी खोलेर गाली नै गर्नु । गाली गर्ने कम्पनी खोल्नु त्यसको चेयरमेन बन्नु, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस् ।

उहाँले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गर्नुभयो । पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गर्नुभयो ।–न्युज एजेन्सी नेपाल