२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू



अ+ अ-

काठमाडौँ। भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ ।

भारत सरकारको करिब रु नौ करोड ३० लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ । यो कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीसहित अन्य सरोकार भएका निकायका प्रतिनिधिले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले गाउँपालिकाभित्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले श्रव्यदृश्य (भिडियो) सन्देशमार्फत उक्त परियोजनाका सम्पूर्ण सरोकार भएकाहरूलाई शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कालीकोटमा चार एम्बुलेन्स र दुई वटा स्कुल बससहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई ५६ एम्बुलेन्स र १४ स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ । रासस