५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह

‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
अ+ अ-

काठमाडाैँ । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आइएमई अब केवल एउटा रेमिट्यान्स कम्पनीमा मात्र सिमित नरही पूर्ण ‘फाइनान्सियल इकोसिस्टम’ (वित्तीय प्रणाली) का रूपमा अघि बढ्ने उद्घोष गर्नुभएको छ ।

आइएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कम्पनीको आगामी कार्यदिशा र बजारको बदलिँदो स्वरूपअनुसार अघि बढ्न आवश्यक रहेको बताउनुभएको हो । अध्यक्ष ढकालले हालसम्म आइएमईले व्यक्ति–देखि–व्यक्ति रेमिट्यान्स सेवामा प्रभुत्व जमाएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता व्यवसाय–देखि–व्यवसाय सेवा हुने बताउनु भयो । उहाँले बीटुबी सेवालाई कम्पनीको आगामी विकासको ‘गेम चेन्जर’ का रूपमा अथ्र्याउनु भयो ।

हालै स्ट्राइपसँगको साझेदारीमा खल्ती वालेटमार्फत विदेशबाट सहजै रकम भित्र्याउन सकिने वातावरण बनेको उदाहरण दिँदै उहाँले अब नेपाली उत्पादन र सेवालाई विश्व बजारमा निर्यात गर्ने व्यवसायीहरूलाई समेत वित्तीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

बदलिँदो प्रविधिको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ जस्ता नवीनतम प्रविधिलाई आत्मसात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । प्रविधिको विकाससँगै सुरक्षा संवेदनशीलता पनि बढेकाले वित्तीय कारोबारलाई अझ सुरक्षित र विश्वसनीय बनाउनुपर्ने चुनौती रहेको उहाँले औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले  शुरुमा एउटा मनी ट्रान्सफरका रूपमा काम थालेका थियौँ, तर अब हामी बैंकिङ, बीमा र डिजिटल वालेटसहितको एकीकृत वित्तीय सेवा प्रदान गर्ने दिशामा अघि बढिसकेका छौँ । एउटै प्लेटफर्मबाट हाम्रा ग्राहकलाई डिजिटल र भौतिक दुवै रूपमा गुणस्तरीय सेवा दिनु नै हाम्रो मुख्य लक्ष्य हो । नियामक निकायको अपेक्षाअनुसार कम्प्लायन्सलाई थप प्रभावकारी बनाउन नयाँ टुल्स र प्रविधिको प्रयोग अपरिहार्य छ ।’

आफ्ना कर्मचारीहरूलाई ‘इनोभेटर’ को संज्ञा दिँदै अध्यक्ष ढकालले नयाँ सोच र अवधारणा लिएर आउन आग्रह गर्नुभयो । उहाँले नवप्रवर्तनका क्रममा हुने असफलतालाई सिकाइको पाटोका रूपमा लिनुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले ग्राहकको अपेक्षा र आवश्यकता बुझ्न निरन्तर सिकाइ आवश्यक रहेको उल्लेख गर्दै समयको गतिसँगै चल्न नसक्ने कम्पनीहरू पछि पर्ने चेतावनी समेत दिनुभयो । विश्व बजारको पछिल्लो प्रवृत्तिअनुसार कम्पनीलाई अझ प्रतिष्पर्धी र ग्राहकमुखी बनाउँदै लैजाने प्रतिवद्धता जनाउनु भयो ।