५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने

मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने
अ+ अ-

काठमाडाैँ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकहरुमाथिको छलफल यही असार १ गतेबाट सुरू हुने भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही असार १ गतेदेखि ४ गतेसम्म उक्त विषयमा छलफल गर्नका लागि समय तोकिएको घोषणा गर्नुभएको हो । उहाँले उक्त छलफलमा भाग लिने सांसदहरुले आफनो दलको पदाधिकारीमार्फत छलफल गर्ने दिन बस्ने बैठक भन्दा एक घण्टा अघि नै संसद सचिवालयमा आफनो नाम टिपाउन पनि आग्रह गर्नुभयो ।

सभामुख अर्यालले भन्नुभयो,‘विनियोजन विधेयक २०८३ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफनो मन्त्रालय एवं सचिवालयसँग सम्बन्धित प्रश्नहरुको उत्तरसमेत दिनका लागि यही २०८३ असार १ गतेदेखि ४ गतेसम्मको दिनहरु तोकेको छु । साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा विभिन्न मन्त्रालय, सचिवालय र सो मन्त्रालय एवं सचिवालय सँग सम्बन्धित विभिन्न शीर्षक अन्तर्गतको छलफलमा भाग लिनुहुने माननीय सदस्यहरुको नाम सम्बन्धित संसदीय दलका पदाधिकारीमार्फत सम्बिन्धित मन्त्रालयको विनयोजन शीर्षकहरुमाथि छलफल हुने दिन बैठक बस्नु भन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालयमा उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु ।’

बैठकले विनियोजन विधेयक २०८३ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ ।