५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश

पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा बालसैन्यका रूपमा प्रयोग भएपछि संयुक्त राष्ट्रसंघीय मिसनद्वारा वर्गीकृत व्यक्तिहरूलाई ‘अयोग्य’ वा ‘बहिर्गमित’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल, सुनील कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले लेनिन विष्टसमेत र डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेका छुट्टाछुट्टै रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

अदालतले राज्यका निकायहरूले सरकारी अभिलेख तथा दस्ताबेजमा यस्ता शब्द प्रयोग गर्दा व्यक्तिको आत्मसम्मान, प्रतिष्ठा तथा सामाजिक जीवनमा गम्भीर असर परेको ठहर गरेको छ।

फैसलामा १८ वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यस्तो कार्यलाई दण्डनीय अपराधको रूपमा परिभाषित गर्न कानुन निर्माण गर्न सरकारलाई स्पष्ट निर्देशन दिइएको छ।

नेपालले बाल अधिकार सम्बन्धी महासन्धिको ऐच्छिक प्रोटोकल अनुमोदन गरेको लामो समय बितिसक्दा पनि बालसैन्य भर्तीलाई दण्डनीय अपराध बनाउने आन्तरिक कानुन निर्माण नभएको भन्दै अदालतले त्यसलाई अन्तर्राष्ट्रिय दायित्वको उल्लंघनको रूपमा व्याख्या गरेको छ।

अदालतले पूर्व बालसैन्यहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको असर र सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत पर्याप्त नहुने ठहर गरेको छ।

फैसलामा पुनःस्थापना, स्वास्थ्य, शिक्षा तथा दीर्घकालीन सामाजिक पुनःएकीकरणसमेत समेटिने गरी पर्याप्त परिपूरण उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरिएको छ।

रिट निवेदकहरूले तत्कालीन माओवादी नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध बालसैन्य भर्तीसम्बन्धी फौजदारी अभियोजनको माग गरेका थिए।

तर सर्वोच्च अदालतले यो विषय संक्रमणकालीन न्यायका संयन्त्र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग मार्फत नै सम्बोधन हुने भन्दै तत्काल अदालतबाट थप आदेश आवश्यक नदेखिएको स्पष्ट गरेको छ।

अदालतले राज्यलाई बालसैन्य प्रयोगलाई स्पष्ट रूपमा दण्डनीय अपराधका रूपमा परिभाषित गर्ने कानुन निर्माण प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिएको छ।