५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक

सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक
अ+ अ-

काठमाडाैँ । सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरतबहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फस्र्याैटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“विभिन्न सरकारी निकायसँग रहेको बेरुजुको अवस्थाको विषयमा समितिको आजको बैठकमा जानकारी लिएका छौँ”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायबाट आएका बेरुजुको समस्याको विषयमा घनिभूत छलफल गरेर बेरुजु न्यूनीकरणका लागि प्रभावकारी गृहकार्य गरेर घटाउनेतर्फ अग्रसर हुनेछौँ ।”

त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरुजुमध्ये ६० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि ११ प्रतिशत मात्रै पूरा भएको बताउनुभयो । “नेपाली सेनाअन्तर्गत वर्षांैदेखि विभिन्न शीर्षक र क्षेत्रगतअन्तर्गत रहँदै आएको रु पाँच अर्ब ३० करोड बढीको बेरुजु रहेको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ–तराई÷मधेस द्रुतमार्गअन्तर्गत भएको बेरुजु फछ्र्यौटमा केही प्राविधिक उल्झन छ । बाँकी रहेका बेरुजुलाई आवश्यक प्रक्रिया पूरा गरेर टुङ्गो लगाउने प्रयत्न गरिरहेका छौँ ।”

उहाँले चालु आवको असार मसान्तसम्म करिब १५ प्रतिशत बेरुजु फछ्र्यौट गर्ने लक्ष्य राखेको बताउनुभयो । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ रु छ अर्ब ३५ करोड बेरुजु रहेकोमा हालसम्म ४० दशमलव २८ प्रतिशत फछ्र्यौट गरेको बताउनुभयो । उहाँले साविकको वन मन्त्रालयतर्फ पनि रु ५६ करोड बेरुजु रहेकोमा १६ प्रतिशत मात्रै बेरुजु फछ्र्यौट गरेको बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले मन्त्रालयअन्तर्गत असुलउपर गर्नुपर्ने बेरुजु रु दुई सय छ रकम मात्रै रहेको बताउनुभयो । “कानुन मन्त्रालयअन्तर्गत गत आवमा बेरुजु शून्य रहेको छ । यद्यपि अहिले मन्त्रालयसँग अति नै न्यून रकम भएकाले पनि यही आवभित्रै बेरुजु रकम शून्य बनाउनेछौँ ।”

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सङ्घीय संसद् सचिवालयको बेरुजु रकम रु दुई करोड ४० लाख ६१ हजार रहेको उल्लेख गर्दै सांसदहरुको उपचार खर्चमा रकम दाबी गर्र्ने समय अघिल्लो आर्थिक वर्ष र भुक्तानी चालु आर्थिक वर्षमा हुँदा पनि संसद् सचिवालयसँग बेरुजु देखिएको बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रालयअन्तर्गत रहेका विभिन्न निकायसँग रु तीन अर्ब आठ करोड रकम बेरुजु रहेको उल्लेख गर्दै चालु आवको अन्त्यसम्म ४३ प्रतिशत बेरुजु रकम फछ्र्यौट गर्ने योजना रहेको बताउनुभयो । “मन्त्रालय मातहतका निकायसँग रहेको बेरुजु अहिलेसम्म ३० प्रतिशत फछ्र्यौट भइसकेको छ”, उहाँले भन्नुभयो । सर्वाेच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले सर्वाेच्च अदालत मातहतमा रहेका बेरुजु रकम फछ्र्यौट गर्नका लागि आवश्यक कार्ययोजना अघि बढाएको जानकारी दिनुभयो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालय मातहत रु ९९ करोड बेरुजु रहेकोमा २२ प्रतिशत फछ्र्यौट गरेको जानकारी दिनुभयो । “मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार बोर्ड मातहतमा मात्रै करिब ५५ करोडभन्दा धेरै बेरुजु छ”, उहाँले भन्नुभयो, “मन्त्रालय मातहतको सिनियर म्यानेजमेन्ट टिमको बैठकमार्फत बेरुजु फछ्र्यौटको विषयमा नियमित छलफल गर्दै आइरहेका छौँ ।” विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले साविकको विज्ञान प्रविधि मन्त्रालय मातहत करिब रु १७ करोड ९३ हजार बेरुजु रहेको बताउनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालय मातहत विभिन्न शीर्षकमा रु ३० अर्ब २९ करोड रकम बेरुजु रहेकामा पाँच दशमलव ६४ प्रतिशतअर्थात् रु एक अर्ब ६५ करोड फछ्र्यौट भएको बताउनुभयो । उहाँले मन्त्रालय मातहत सबैभन्दा धेरै बेरुजु भने दूरसञ्जार प्राधिकरण मातहत भने रु १६ अर्बभन्दा धेरै रहेको उल्लेख गर्नुभयो ।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालय मातहत रहेको बेरुजु चालु आवमा करिब ३० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेको बताउनुभयो । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार रु सात खर्ब ५५ अर्ब १७ करोड बेरुजु छ ।