४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपामा गुट : कसैलाई अवसरको खातैखात, कसैलाई पुर्पुरोमा हात

नेकपामा गुट : कसैलाई अवसरको खातैखात, कसैलाई पुर्पुरोमा हात
अ+ अ-

काठमाडौं : विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद। खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ खतिवडाको।

नेकपा केन्द्रीय सदस्य खतिवडाले तीनपटक संसदीय निर्वाचन जिते। एकपटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिरहेका हुन्छन्। सार्वजनिक लेखा समितिमा प्रभावकारी भूमिका खेलिरहे पनि अवसरका बेला भने नेताहरूको ‘विपक्षी’ कै लाइनमा पर्छन् खतिवडा।

नेपाल ल क्याम्पसमा अध्ययन गर्दैगर्दा तत्कालीन एमालेले वसन्त नेम्वाङलाई पाँचथर पठायो। कलिलै उमेरमा ०४८ सालकै संसदीय निर्वाचनमा विजयी बने नेम्वाङ। उनले ०५१ र ०७४ को संसदीय निर्वाचन जिते। मन्त्रिपरिषद् विस्तारको चर्चा चल्यो कि सम्भावित मन्त्री भन्दै नेम्वाङको नाम मिडियामा आउँछ। तर उनले अवसर पाएका छैनन्। ‘मन्त्रीको चर्चा भयो कि सुवास नेम्वाङ आफ्ना भाइ वसन्तलाई मन्त्री बनाउन लाग्यो भनेर मिडियामा आउँछ,’ वसन्त निकट एक सांसदले भने, ‘०४८ सालमै चुनाव जितेर संसदीय प्रक्रियामा प्रवेश गरेको व्यक्ति सुवास नेम्वाङसँग जोडिएर नाम आउँदा कति दिक्क लाग्दो हो।’

सत्तासीन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ, त कोही चिल्लै हुन्छन्। सत्तासीन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एकजनाबाहेक सबै मन्त्री बनिसके। तर पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न वञ्चित छन्। गुट र नेता निकटका भने समानुपातिक कोटामा सांसद बनेर पनि छोटै अवधिमा मन्त्री बनिसके। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दलहरूबीच जातीय आधारमा प्रदेश बनाउने कि बनाउने भन्नेमा तीव्र विवाद थियो।

जनजाति पृष्ठभूमिका अधिकांश सांसद जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना पक्षमा थिए। तर डोटीबाट चुनाव लड्दै गरेका प्रेम आलेको प्रमुख चुनावी मुद्दा थियो, ‘जातीय आधारमा प्रदेश बने सांसद मात्र होइन, पार्टी नै छोड्ने।’ आलेले ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचन जिते। तर उनले मन्त्री पद पाएका छैनन्।

नेकपा नेत्री अष्टलक्ष्मी शाक्य पार्टीमा योगदान, त्याग, तपस्या र दुःख गर्ने भन्द नेता नजिक हुनेले मात्र अवसर पाउने प्रवृत्ति बढेको बताउँछिन्। ‘पार्टीमा दुःख गर्नेले गरेको गर्‍यै छन्, अवसर भने नेतानिकटले मात्रै पाइरहेका छन्,’ शाक्य भन्छिन्, ‘यही विकृतिका कारण पार्टी लथालिंग छ। गुट, चाकरी र परिवारवाद हाबी छ।’

सुदूरपश्चिम प्रदेशबाट दुईपटक चुनाव जित्नेमा नेकपाकै अर्का सांसद हुन् गणेश ठगुन्ना। उनले ०७० संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका हुन्। ‘पार्टीमा गुट, नातावाद, परिवारवाद, चाकरीबाज हाबी भयो,’ वाम विश्लेषक हरि रोका भन्छन्, ‘त्याग, बलिदान र योगदान भन्ने आधार र मापदण्ड नै त कता पुगे, कता।’ कम्युनिस्ट पार्टीमा बढ्दो गुटले पार्टीकै भविष्य संकटमा पर्ने रोका बताउँछन्। उनी भन्छन्, ‘पार्टीमा विचारधारा हराउँदै जाने कुरा सुखद होइन।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोलखाबाट चुनाव जित्ने सांसद हुन् पार्वत गुरुङ। दुईपटक चुनाव जितेका गुरुङमाथि ज्यान मार्ने उद्योगमा काठमाडांै जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनी पनि मन्त्रीको अवसरबाट वञ्चित छन्।

नेकपाका युवा सांसद गणेश पहाडी, यज्ञराज सुनुवार, राजबहादुर बुढा, रामवीर मानन्धर र विशाल भट्टराईले पनि दुईदुई पटक चुनाव जिते। तर गुटका कारण यी सांसद मन्त्री बन्नबाट वञ्चित भएको नेकपा स्रोत बताउँछ। काठमाडौं ७ बाट निर्वाचन जितेका मानन्धर केही अघि विवादमा परेका थिए। वामदेव गौतमलाई चुनाव लड्नका लागि आफूले राजीनामा दिने बताएपछि मानन्धरस“ग पार्टी अध्यक्ष ओली क्रूद्ध रहेको स्रोतले बतायो।

विगतमा ओली निकट मानन्धर उक्त घटनापछि गौतमको वकालत गर्दै आएका छन्। पहाडी, सुनुवार र बुढा वरिष्ठ नेता माधव नेपाल निकट भएकाले संसदीय समितिका सभापतिदेखि मन्त्रीसम्मको अवसरबाट वञ्चित बनेका हुन्। ‘कोही नचोखिँदै मन्त्री बन्छन् त कोही समानुपातिकमा परेर पनि मन्त्री बन्न पाएका छन्,’ नेकपाका एक युवा सांसदले भने, ‘पार्टीमा गुट, नाता र परिवारवाद हाबी छ।’

पूर्वमाओवादीमा भने दुईपटक चुनाव जितेर पनि मन्त्रीको अवसर नपाउनेमा एक्ला सांसद हुन् सुदन किराती। किरातीले ०६४ को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए। ‘नेताहरुले आफ्ना प्रियलाई मात्र अवसर दिँदा पार्टी पार्टी जस्तो नै रहँदैन,’ नेकपा नेतृ शाक्य भन्छिन्, ‘त्याग, तपस्या, योगदान र समानता नअपनाउने हो भने पार्टी माथि उठ्न सक्दैन। यसले पार्टीलाई कमजोर मात्र बनाउँदैन कि कार्यकर्ताको भावना कमजोर हुन्छ, परिपाटी नै बिग्रन्छ।’

अवसर नपाउने नेता

विरोध खतिवडा

वसन्त नेम्वाङ

प्रेम आले

गणेश ठगुन्ना

यज्ञराज सुनुवार

विशाल भट्टराई

गणेश पहाडी

पार्वत गुरुङ

राजबहादुर बुढा

रामवीर मानन्धर

सुदन किराती

यो समाचार अन्नपूर्ण पोस्ट्मा नरेन्द्र साउदले लेखेका छन् ।