१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने लुम्बिनी प्रदेश अधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले अधिवेशन निर्वाचन समिति गठन तथा नियुक्तिसम्बन्धी तेस्रो संशोधन गरेको छ।

बिहीबार जारी निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।

समितिमा राहुल केसी लाई केन्द्रीय कानुन तथा न्याय विभागबाट सदस्यको जिम्मेवारी दिइएको छ। त्यसैगरी पवनराज देवकोटालाई केन्द्रीय मानव विकास मजबुतीकरण विभाग, सुदनप्रसाद ज्ञवालीलाई केन्द्रीय निर्वाचन आयोगबाट तथा सुमन धरेललाई सदस्यका रूपमा समेटिएको छ।

राहुल केसीको नियुक्तिलाई लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियालाई कानुनी रूपमा थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले समितिलाई पार्टीको प्रचलित विधान, निर्देशिका तथा प्रदेश अधिवेशन कार्यविधिअनुसार निर्वाचन प्रक्रिया सञ्चालन गरी अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको जनाएको छ।