३० असार २०८३, मंगलवार
,
Latest
समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने



अ+ अ-

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चार गृहको मूल ढोका अगाडि गाडी पार्किङ गरिएको विषयमा छानबिन र कारबाही हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीसँगको भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउनुभएकोहो ।

सभापति लामिछानेले आफ्नो पार्टीले विगतमा पनि गलत गर्ने सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै कानूनी प्रक्रियामा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो । उहाँले यस्ता गतिविधि रोक्न प्रशासन र प्रहरीले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र व्यवस्थापनका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । आम नागरिकले दुःख नपाउने गरी सुकुम्बासी समस्या समाधानका कदमहरूलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल केन्द्रित रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उनीहरुलाई कारबाही गर्नुपर्छ । पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । सबैभन्दा पहिला हामीले नै भन्यौँ,यो गलत कुरा हो । यो हुनुहुँदैन । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ । हामीले भनेका छौँ र त्यसमा अडिग छौँ । एउटा कुरा के हुन्छ भने, पार्टीले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छ । पार्टीको विज्ञप्तिमा पनि त्यो स्पष्ट रूपमा उल्लेख गरिएको छ । त्यसकारण, तत्काल के गरियो भन्ने एउटा पाटो हो । तर यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । हामी त्यसैमा अडिग छौँ । तत्काल छोडियो कि समातियो, मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो । तर समग्रमा जुन प्रवृत्ति देखियो, त्यो अस्वाभाविक थियो । त्यसैले पार्टीले विज्ञप्तिमार्फत आफ्नो धारणा स्पष्ट गरिसकेको छ र त्यसमा अडिग छ । रास्वपा त्यस्तो पार्टी हो, जसले सबैभन्दा पहिला आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको थियो । त्यसैले रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ भने, जो भए पनि कारबाही हुन्छ। त्यस्तो छुट कसैलाई छैन । हामीले सम्पूर्ण विषयमा, विशेष गरी सुकुम्बासी समस्या समाधान गर्न आवश्यक कदमहरू कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल ग¥यौं । कतै आम नागरिकले दुःख नपाऊन् भन्ने विषय र त्यसको व्यवस्थापनप्रति हामीले अझ बढी चिन्ता व्यक्त गर्दै त्यसअनुसार काम गरेका छौँ । अन्य विभिन्न उठेका विषयहरूमा पनि हामीले घनीभूत रूपमा छलफल ग¥यौं । राष्ट्रिय राजनीतिको अवस्था, विभिन्न समसामयिक परिस्थिति, आगामी बाटो तथा दुई शीर्ष नेताबीच हुने राजनीतिक छलफलबारे पनि विस्तृत रूपमा कुराकानी भयो । समग्रमा, त्यो छलफल निकै सुमधुर, सकारात्मक र परिणाममुखी रह्यो ।’

भेटका क्रममा राष्ट्रिय राजनीति, वर्तमान परिस्थिति र आगामी कार्यदिशाका विषयमा पनि दुई नेताबीच संवाद भएको हो । प्रधानमन्त्रीसँगको छलफल सुमधुर र परिणाममुखी रहेको बताउँदै सभापति लामिछानेले राजनीतिक सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल