९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गर्नुभएको छ ।

बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा ट्राफिक व्यवस्थापनमा सहरको मुहारमात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँमा कसरी व्यवस्थापन भइरहेका छन्, त्यो पनि हेरेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख डङ्गोलको धारणा थियो ।

कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “कालोपत्र सडकमा पार्किङ गरिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । यो राम्रो मुहार त्यतिबेला चम्किलो हुन्छ, जुनबेला भित्री गल्ली र चोकहरूमा सवारीसाधनको चाप व्यवस्थापन हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङस्थल कुन हो भनेर चिन्न सक्छन् र उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्दैन ।”

काठमाडौँको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “पार्किङको सुविधा तथा विकल्प दिएर व्यवस्थापन गरौँ । ट्राफिक प्रहरी र कामपा प्रहरीबीच निकट सम्बन्ध राखेर दीर्घकालीन काम गरौँ । यसका लागि कामपाले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।”

“काठमाडौँको पूर्वाधारसँग सवारी चालकहरूको मनोविज्ञान जोडिएको छ”, ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भन्नुभयो, “सडकमा डोरी टाँगिएको छ भने, कोन राखिएको छ भनेमात्र ट्राफिक नियमको पालना गर्ने, यस्ता पूर्वाधार नराखेका ठाउँमा जथाभावी गर्ने परिपाटी छ ।

पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधारमा काम गर्नुपर्नेछ ।” चालकहरू अनुशासनको कुरा गर्दै उहाँले भन्नुभयो, “गएका चार दिनमा विद्यालयका गाडी चलाउने १६ जना चालकले बिहानै मादक पदार्थ सेवन गरेको पाइयो, यो एउटा विम्ब हो, हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छन् ।”

असार महिनाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा र नियम पालनामा जिम्मेवार हुन अनुरोध गर्ने र साउनदेखि कडा कानुनी कारबाही गर्ने योजना बनाएको काफ्लेले बताउनुभयो ।

काठमाडौँको सहरी व्यवस्थापनका विषयमध्ये ट्राफिक व्यवस्थापन प्रमुखमध्येको एक हो । यसको सुधारबाट नागरिकले सरकारका काम महसुस गर्न सक्छन्, भेट्न सक्छन् । यो उद्देश्य प्राप्त गर्नेगरी काम गरौँ । छलफलको निष्कर्ष थियो । कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पनि सहभागी हुनुहुन्थ्यो । रासस