९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
अ अ+ अ-

काठमाडौँ। हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ ।

‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा डा रमेशप्रसाद सिंह हुनुहुन्छ ।

नवगठित सो सोसाइटीको वरिष्ठ उपाध्यक्ष डा शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्ष डा हेमन्तकुमार गुप्ता, महासचिव डा विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा आलोक पाण्डे, सहसचिव डा पविन थापा र सहकोषाध्यक्षमा डा सन्जित झा चयन हुनुभएको छ ।

त्यसैगरी, डा सरोज सिं, डा ओमप्रकाश चौधरी, डा राजीव झा, डा तोयाराज भट्ट, डा ललित चौधरी, डा सुदीप खनाल र डा सार्थक नेपाललाई सदस्यमा मनोनयन गरिएको छ ।

प्रदेशस्तरीय सदस्य पदमा कोशीबाट डा रुपेशजङ्ग वेलबासे, मधेसबाट डा चन्द्रभुषन यादव, बागमतीबाट डा मनोज कँडेल, गण्डकीबाट डा झपेन्द्र पोखरेल, लुम्बिनीबाट डा प्रकृृतिराज कँडेल, कर्णालीबाट डा पुजनकुमार रोकाया र सुदूरपश्चिम प्रदेशबाट डा मन्दीप पाठकलाई तोकिएको छ ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्ने उद्देश्यले यहाँ आयोजित कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं ट्रमा सोसाइटीका नवनियुक्त अध्यक्ष डा लामिछानेले ‘साइन्टिफिक’ कमिटीको अध्यक्षमा डा रोहित श्रेष्ठ र सदस्यहरूमा डा भाष्करराज कार्की, डा मनिष श्रेष्ठ र डा विश्ववन्धु निरौला चयन हुनुभएको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष डा लामिछानेले नेपालको विद्यमान हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुर्याउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको स्पष्ट गर्नुभयो ।

नवगठित सो समितिमा काठमाडौंँ उपत्यकाको अतिक्ति बाहिर जिल्लाका हाडजोर्नी विधाका सक्रिय चिकित्सकहरूलाई यथाशक्य समेट्न प्रयास गरिएको बताउँदै अध्यक्ष डा लामिछानेले भन्नुभयो, “ट्रमा सेन्टरको विकास एवं विस्तार गर्ने, यससम्बन्धी जनचेतना जगाउने तथा अनुसन्धानमूलक क्रियाकलापमा जोड दिने, ट्रमा सर्जरीको गुणस्तर वृद्धि गर्ने, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने तथा नीति निर्माण तहमा समेत सहयोग गर्नेलगायतका रचनात्मक कामलाई सोसाइटीले प्राथमिकता दिनेछ ।”

सोसाइटीले सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण नेपालमा ट्रमा (गम्भीर चोट)को समस्या विकराल बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध क्षेत्रका विशेषज्ञहरूबीच ज्ञान र अनुभवसहित नवीनतम् प्रविधिको आदानप्रदान गरी सेवालाई अझ प्रभावकारी र सर्वसुुलभ बनाउन अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषय विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी, नयाँ सर्जनका लागि ‘फेलोसिप’ कार्यक्रम, उत्कृष्ट सर्जनका लागि पुरस्कार, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय ज्ञानवर्दक कार्यक्रम गर्ने योजना बनाएको नवगठित सोसाइटीका अध्यक्ष डा लामिछानेले जानकारी दिनुभयो ।

ट्रमा सोसाइटीका अनुसार हाल नेपालमा हाडजोर्नीसम्बद्ध विशेषज्ञ चिकित्सकको सङ्ख्या करिब ९०० रहेको र दुघर्टना तथा विपद्का कारण गम्भीर चोटपटकबाट पीडित बिरामीको उपचारमा उनीहरूकै संलग्नता हुने गरेको छ । रासस