४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस एकजुट हुनुपर्छ : देउवा

लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस एकजुट हुनुपर्छ : देउवा
अ+ अ-

काठमाडाैंः नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काँग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उहाँले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काँग्रेस एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउनुभयो । सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उहाँको भनाइ थियो ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गर्नुभयो । “ काँग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो । प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी काँग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा काँग्रेस विजयी हुने बताउनुभयो । निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उहाँको भनाइ थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमात्र काँग्रेस बलियो हुने बताउनुभयो । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला
काँग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण काङ्ग्रेसले हारेको उहाँको भनाइ थियो ।

क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्नो जिम्मेवारीअनुसार काम गरे मात्र काङ्ग्रेस बलियो हुने बताउनुभएको थियो ।

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रताः महामन्त्री कोइराला

चितवनः नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताउनुभयो ।

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उहाँले त्यो स्वतन्त्रतामा नै रहनुपर्छ भन्नुभयो । अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।”

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका रु ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उहाँले नेपालमा अहिले भएका सबै विकास काँग्रेसका पालामा भएको दाबी गर्नुभयो । अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताउनुभयो ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । युनियनले गत वर्षबाट काग तिहारका दिन सेलरोटी खाएर शुभकामना आदान–प्रदान गर्न शुरु गरेको हो । कागलाई सन्देश वाहकका रुपमा लिइँदै आइएको छ ।