९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार

मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार
अ अ+ अ-

काठमाडौँ। हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा हिमाल आरोहणका लागि जाने एक हजार ३६२ बिरामीको उपचार गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार गरिएको सङ्घले जनाएको हो ।

सङ्घको आज यहाँ आयोजित ५३औँ वार्षिकोत्सव कार्यक्रममा पछिल्लो समय हिमाली क्षेत्रमा सञ्चालित विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराउने बिरामीको सङ्ख्या बढेको जानकारी दिइएको हो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको सङ्ख्या बढेको बताउनुभयो ।

सङ्घका अनुसार सबैभन्दा बढी सगरमाथा आधार शिविरमा ६०६, फेरिचेमा ४२० र मनाङमा ३३६ बिरामीले सेवा लिएका छन् । सेवा लिएकामध्ये ९५० नेपाली र ४१२ जना विदेशी रहेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा हुने आकस्मिक उद्धार र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

सङ्घको यही जेठ १८ गते भएको निर्वाचनबाट पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, संस्थागत सदस्यमा थामसेर्कु ट्रेकिङ प्रालिका डा यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई आजै शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरिएको छ । उहाँहरूलाई मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

नेपालका हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङको मनाङ गाउँ र जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा हेल्थ क्याम्प राखेर स्वास्थ्योपचार गर्दै आएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिनुभयो । रासस