२ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका ६ बोर्ड सदस्यद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन माग (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले खेलाडीमाथिको कारबाही फिर्ता लिन माग गरेका हुन् । 

सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “नेपाललाई एकदिवसीयय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीहरूलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरिएको छ, यसको हामी घोर भत्सर्ना गर्दछौँ,”

खेलाडीहरुले वर्गीकरणमा असहमति जनाएपछि उनीहरुसँग संवाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । 

हेर्नुहोस् विज्ञप्तीः

यो पनि पढ्नुस्ः क्रिकेटमा क्यानभित्र कलहको कहर