४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पाइपबाटै घरघरमा ग्याँस आउने सम्भाव्यता अध्ययन प्रतिवेदन थन्कियो

पाइपबाटै घरघरमा ग्याँस आउने सम्भाव्यता अध्ययन प्रतिवेदन थन्कियो
अ+ अ-

काठमाडौं। महाभूकम्पलगत्तै २०७२ सालमा भारतको अघोषित नाकाबन्दी ताका प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाटै ग्याँस बाँड्ने सपना मात्र बाँडेनन्, सरकारलाई तयारी गर्नसमेत निर्देशन दिए तर सरकारी संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक नलिँदा ग्याँस निकाल्ने सरकारी योजना अलपत्रजस्तै छ । प्रधानमन्त्रीको सपना र योजनासँगै नेपालमै ग्याँस उत्खननको सम्भाव्यता अध्ययन गर्न टोली खटाइयो ।

खानी तथा भूगर्भ विभागले उत्खननको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदनसमेत तयार पार्यो । तर, ती सबै प्रतिवेदन विभागकै कुनै कुनामा थन्किएका छन् । विभागका महानिर्देशक सोमनाथ सापकोटाले पाइपलाइनसम्बन्धी अध्ययन प्रतिवेदनलाई कार्यान्वयनका लागि उद्योग मन्त्रालयमार्फत जानकारी गराएको बताए । पाइपबाटै ग्याँस बाँड्ने सपना बाँडेका भन्दै प्रधानमन्त्री ओलीको आलोचना भयो ।

उहाँले आलोचकहरूलाई विकास विरोधीसमेत भने । तत्कालीन नेकपा एमाले र माओवादीले मिलेर चुनाव लडेसँगै केपी ओली पुनः दोस्रोपटक दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री हुनुहुन्छ। तर, आफ्नै महत्वाकांक्षी योजना कार्यान्वयनमा भने उनको चासो देखिएको छैन । काठमाडौं महानगरपालिकाले काठमाडौंमै बायोग्याँस उत्पादन गरी घरघरमा पाइपबाट ग्याँस वितरण गर्ने योजना बनायो । तर, केही समय नबित्दै त्यो परियोजना पूर्ण रूपमा रोकियो । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री ओलीलाई नै बोलाएर पाइपबाट ग्याँस वितरण गर्न भव्य उद्घाटन गर्यो । त्यो पनि केही महिना नबित्दै असफल परियोजनामा परिणत भयो ।

यसरी बनाइएको नमुना परियोजनाहरू एकपछि अर्को रोकिएसँगै यसलाई आलोचकहरूले थप आलोचना गर्न थालेका छन् । ‘सिलिन्डर ग्याँसको युग अन्त्य गर्दै घरघरमा पाइपबाट ग्याँस वितरण गरिनेछ,’ तत्कालीन समयमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सिलिन्डर बोकेर ग्याँस भर्न भौंतारिन पर्नेछैन ।’ यही भनाइलाई ‘झुटो सपना’ बाँडेर जनतालाई झुक्याएको आरोप लाग्दै आएको छ । तत्कालीन समयमा नै सरकारले सुरु गरेको अभियानअन्तर्गत ललितपुरको इमाडोलमा प्राकृतिक ग्याँस उत्खनन गरी सफल परीक्षण गरिएको थियो ।

मुलुकमा इन्धन संकट परिरहेको समयमा सकारात्मक तरंग प्रवाह गर्न ओली सक्षम भए तर परियोजना कार्यान्वयनमा उनको उदासीनताले जनतालाई फकाउने चालबाजी भनेर आलोचना हुन थालेको छ । ललितपुर इमाडोलमा गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्याँस पुर्याउन सकिने निष्कर्ष निकालेको थियो । उपत्यकाभित्रका १४ स्थानमा उत्खननको अध्ययन गरेको खानी तथा भूगर्भ विभागले पहिलो चरणमा इमाडोलमा सफल परीक्षण गरेको हो । पहिलो परीक्षण सफल भएसँगै उपत्यकावासीले प्राकृतिक ग्याँस पाइपबाटै बाल्ने अवस्था सिर्जना भएको थियो ।

इमाडोल र यसको आसपासमा वितरण गर्न सकिने अध्ययन गरिएको थियो । उपत्यकाभित्रका अन्य स्थानको उत्खनन गरिएपछि जनतालाई वितरण गर्ने गरी प्रक्रिया सुरु गरिएको विभागले जनायो । खुला चौरमा चार इन्चको पाइप अझै लडिरहेको छ । जहाँबाट पानी तानिएको थियो । पानीसँगै ग्याँस आउने भएकाले ८२ मिटरमा पम्प भएर पानी सेप्रेसन च्याम्बरमा ल्याई परीक्षण गरिएको थियो । त्यही पानीमा मिसिएको मिथेनसहितका ग्याँसलाई वर्गीकरण गरी छुट्याइन्छ ।
सेप्रेसन च्याम्बरबाट पानी जति आउटलेट हुँदै बाहिर जान्छ भने ग्याँस पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ ।

त्यसलाई फिल्डर प्रक्रिया पूरा गर्दै रिजर्भ वायरमा जम्मा गरिएको छ । त्यसलाई घरघरमा कसरी वितरण गर्ने भनेर पनि मोडल बनाइएको छ । अहिले तीनवटा घरधुरीमा पठाउन मिल्ने गरी मिटर जडान गरिएको छ । त्यसमध्ये एक मिटरबाट लगिएको पाइपलाई एउटा टहरोमा लगिएको र ग्याँस चुलोमा जडान गरी परीक्षण गरिएको थियो । पाइपबाट लगिएको प्राकृतिक ग्याँसको सफल परीक्षण गरे पनि त्यसलाई कार्यान्वयनमा लैजाने विषयमा सरकारले कुनै चासो देखाएको छैन ।

यसलाई अझ विस्तार गरी उपत्यकाका सम्भावित क्षेत्रबाट ग्याँस उत्खननको प्रक्रियामा सरकार सक्रिय रूपमा लाग्ने घोषणा गरिए पनि त्यसलाई मूर्त रूप दिने विषयमा कुनै निर्णय नभएको विभागका महानिर्देशक सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार यसरी इमाडोलसहित उपत्यकाको १४ स्थानबाट ग्याँस उत्खनन गर्न सके उपत्यकाको एक चौथाइ जनसंख्यालाई घरघरमा ग्याँस वितरण गर्न सकिन्छ । राजधानी दैनिकबाट