काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ।
कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग संविधान संशोधनसम्बन्धी सुझाव संकलनका लागि परामर्श गरेको हो।
सुझाव संकलन अभियानअन्तर्गत संयोजक शाहसहितको टोली ललितपुरको मानभवनस्थित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवास पुगेको थियो।
सोही स्थानमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको समेत उपस्थितिमा कार्यदलले संयुक्त छलफल गरेको हो।











