४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बस्तीका बीच मै ‘डम्पिङ साइट’ बन्दा दुर्गन्धले स्थानीय प्रताडित

बस्तीका बीच मै ‘डम्पिङ साइट’ बन्दा  दुर्गन्धले स्थानीय प्रताडित
अ+ अ-

रुपन्देही । बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको बहाव क्षेत्रलाई ‘डम्पिङ साइट’ बनाएको छ। अस्थायी फोहोर फाल्ने स्थान भन्दै अन्तर्राष्ट्रिय मापदण्ड विपरीत नदीकै बहाव क्षेत्रमा फोहोर फालिएको छ। नदीमा फोहोर विर्सजन गर्दा प्रदूषित भएको छ भने छेउछाउका बस्ती दुर्गन्धित छन्। सहरी क्षेत्रमा सरसफाई अभियान चलाइरहेको उपमहानगरले स्थायी फोहोर व्यवस्थापन केन्द्र बनाउन सकेको छैन। तिनाउ किनारको हात्तीसुढ क्षेत्र अहिले सहरको फोहर थुपार्ने ठाउँ बनेको छ।

फोहर थुपारेको ठाउँ वरिपरी बाक्लो बस्ती छ। सुकुमबासी बस्तीमा निम्नवर्ग तथा दलितको बसोबास छ। फोहरको पहाड जस्तो डंगुरले त्यहाँको वातावरणलाई नराम्ररी असर पुर्याएको छ। दुर्गन्ध त छँदैछ। त्यसमाथि माखा (झिँगा) को उस्तै समस्या भएको हात्तीसुढकी देवकुमारी नेपालीको गुनासो छ। ‘जाडो सुरु हुन लाग्दा केही कम भएको हो, नत्र झिँगाले बस्न सकिन्न’, उनी भन्छिन्, ‘एउटा हातले हम्किने एउटा हातले खाना खाने हो। फोहरबाट निस्केका हरिया झिँगा सिधै भान्छमा आउँछन्।’ झिँगासँगै लामखुट्टेले अझै सताउने गरेको नेपालीले सुनाइन्।

गर्मी महिनामा भूइभरी र भित्ताभरी झिँगाले ढाकिने गरेको स्थानीय सारदा सुनारको गुनासो छ। ‘हेर्नु त माखाले भित्ता कालै गराएको।’ भित्तातिर देखाउँदै उनले भनिन्, ‘फोहर अन्तै सार्ने हो भने ढुक्कसँग बस्न पाइन्थ्यो।’ झिँगा, लामखुट्टे र दुर्गन्धका कारण देबीनगरको तिनाउ पुलमुनीको बस्ती स्वास्थ्यको ठूलो जोखिममा छ। गर्मी याममा सहन नसक्ने गरी दुर्गन्ध फैलिन्छ। ‘अहिले पनि जेसीभी चलायो भने नाक टालेर बस्नुपर्छ,’ स्थानीय प्रकाश खत्रीले भने, ‘दुर्गन्धका कारण साथीभाइ र पाहुना पनि आउन मान्दैनन्। आएकाले कसरी बसेछौं भनेर सोध्छन्।’

तिनाउको किनारमा फोहर फाल्दै त्यसमाथि कंक्रिट र माटोले पुर्ने गरिन्छ। पुरेका ठाउँमा धमाधम नयाँ घर बनेका छन्। देवकुमारी नेपालीको घर त्यसरी फोहर पुरेको ठाउँमाथि बनाइएको छ। घर अहिले नै ठाउँ ठाउँमा चर्केको छ। ‘यहाँ मुनी प्लाष्टिक र केराका डाठ्ला फालेर पुरेको ठाउँ रहेछ। त्यसैले घर जताततै चर्केको छ’, उनले भनिन्, ‘अहिले बर्खामा ढल्छ कि भन्ने डर थियो धन्न ढलेन।’ देवकुमारीलगायत आसपासका अन्य घर पनि त्यसरी नै फोहरमाथि बनेका छन्।

हात्तीसुढमा फोहर फाल्न थालिएको ३ वर्ष जति भयो। त्यसअघि केही माथि तिनाउ किनारकै पवित्रनगरमा फोहर फाल्ने गरिन्थ्यो। पवित्रनगरमा स्थानीयको विरोध भएपछि हात्तीसुढमा फोहर विसर्जन गर्न थालिएको हो। पूर्वाधार बनाइदिने सर्तमा त्यहाँ फोहर फाल्न दिएको स्थानीय तेजबहादुर केसीले बताए। ‘बाटो पिच र नदी नियन्त्रणका केही काम त भयो तर जति गर्छौ भनेका थिए त्यो भएको छैन’, उनले भने।

हात्तीसुढमा फोहर फाल्दा नजिकका बस्तीलाई समस्या र जोखिम त छँदै त। किनारमा फालेको फोहरले तिनाउ नदी पनि प्रदुषित छ। नदी प्रदूषण हुँदा जलचारलाई क्षति पुग्ने पुगिरहेको छ। नदी र खोला किनारमा फोहर फाल्नु कानुन विपरीत हो। तर बुटवल उपमहानगरपालिकाले फालिरहेको छ। ‘फाल्न नपाइने हो। तर पनि फाल्नु परेको छ। केही समयका लागि मात्र हो’, बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले भने, ‘त्यहाँ खाडल थियो।

खाडल पुर्नको लागि पनि त्यहाँ फोहर विसर्जन गरेको हो। खाडल पुरेर सम्मो पारेपछि पार्क बनाउने योजना छ।’ उनले स्थानीयसँगको सहमतिमा फोहर विसर्जन गरिएको भन्दै पूर्वाधार निर्माण र स्वास्थ्यको जोखिम कम गर्न उपमहानगरपालिकाले प्रयास गरिरहेको जानकारी दिए। बुटवल उपमहानगरपालिकाको फोहर व्यवस्थापनको लागि शिवनगर सामुदायिक वन क्षेत्रको भनभनेमा फोहर व्यस्थापन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको थियो।

एसियाली विकास बैंकको सहयोगमा मझौला सहर एकीकृत शहरी वातावरण सुधार आयोजनाअन्र्तगत फोहर व्यवस्थापनको लागि उपमहानगरले जग्गा लिएको छ। तर चरंगेवासीको अवरोधका कारण भनभनेमा बनाउने भनिएको फोहर प्रशोधन केन्द्र निर्माण सुरु हुनै सकेन। फोहर व्यवस्थापन केन्द्र नबनी एडीबी फिर्ता भएपछि बुटवलको फोहर व्यवस्थापन योजना अझै अनिश्चत छ। अन्नपुर्णपोष्ट दैनिकबाट