४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अवरुद्ध सार्कलाई क्रियाशील बनाउन सक्रिय हुनुपर्ने: प्रम ओली

अवरुद्ध सार्कलाई क्रियाशील बनाउन सक्रिय हुनुपर्ने: प्रम ओली
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अवरुद्ध प्रक्रिया अघि बढाउन संयुक्त पहल गर्ने बताउनु भएको छ । सार्क अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हसिनासँग अवरुद्ध सार्कलाई क्रियाशील बनाउन नेपाल र बंगलादेश सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो। सार्क स्थापनामा नेपाल र बंगलादेशको विशेष भूमिका छ।

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका क्रममा भएको साइडलाइन भेटवार्तामा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानका नेताहरूसँग सार्कलाई गतिशील बनाउने विषयमा छलफल गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कलाई अघि बढाउन सहकार्य र परामर्श गर्दै जाने विषयमा छलफल भएको बताउनुभयो । सार्क शिखर सम्मेलन विगत चार वर्षदेखि अवरुद्ध छ।

बंगलादेशका प्रधानमन्त्री हसिनासँग ऊर्जा, पारवहनलगायत सम्पर्क सञ्जाल विस्तार र व्यापारिक सहकार्यमा छलफल भएको जानकारी ज्ञवालीले दिनुभयो। उहाँले भन्नुभयो, ‘सहकार्यका लागि छलफल निकै उपयोगी र फलदायी भयो।’ प्रधानमन्त्री ओलीले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दुईपक्षीय चासोका साथै सार्कलाई गतिशील बनाउने विषयमा छलफल गर्नुभएको थियो । सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका चुनौतीका विषयमा छलफल भएको ज्ञवालीले बताउनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीले सार्क मुलुकबीच मतभेद कम गरी यसलाई पुनः सक्रिय बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न आआफ्नो स्थानबाट काम गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न नपाएकोमा चिन्तित छ। पाकिस्तानले जतिसक्दो छिटो शिखर सम्मेलन गर्न पहल गरिरहेको छ। प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उपराष्ट्रपति भेन्कैया नायडुसँग पनि सार्क लगायतका विषयमा छलफल गर्नुभएको थियो ।

शिखर सम्मेलनमा सहभागी नेताहरुका लागि आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओलीले विभिन्न नेताहरूसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कतिपय भेटमा प्रधानमन्त्री र उहाँका सल्लाहकारमात्र थिए भने अधिकांश भेटमा परराष्ट्रमन्त्री र परराष्ट्र अधिकारी सहभागी थिए। नामको १८ औं शिखर सम्मेलन शनिबार सम्पन्न भएको छ। सम्मेलनमा सहभागी प्रधानमन्त्री ओलीले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको बताउनुभएको थियो । उहाँले सम्मेलनको साइडलाइनमा राष्ट्र एवं सरकार प्रमुखसँग भेटवार्ता गर्दै नेपालको अडान स्पष्ट पार्नुभएको थियो ।

उहाँले शिखर सम्मेलनको साइडलाइनमा भेनेजुयलाका राष्ट्रपनि निकोलस मडुरो र उत्तर कोरियाका राज्य कमिसनका पहिलो उपाध्यक्ष चोङ र्योङ हायसँग भेटवार्ता गर्नुभएको छ । दुवै भेटमा कम्युनिस्ट आइडोलोजीका विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए।प्रधानमन्त्री ओलीले दर्जन बढी मुलुकका नेताहरुसँग दुईपक्षीय भेटवार्ता गर्नुभएके थियो । प्रधानमन्त्रीले सम्मेलन केन्द्र परिसरमा अजरबैजानका राष्ट्रपति तथा १८ औं नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभलाई सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्रीले शनिबार शिखर सम्मेलन सकेलगत्तै अजरबैजानको बाकुस्थित अतेस्गाह मन्दिर अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री आइतबार काठमाडौं आइपग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ओली–मडुरो भेटबारे पश्चिमाको चासोनामको १८औं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मडुरोसँग गरेको भेटलाई लिएर काठमाडौंमा पश्चिमा मुलुकले चासो देखाउनुभएको छ ।

केही महिनाअघि भेनेजुयलाको विषयमा सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गर्दा अमेरिका र अन्य पश्चिमा राष्ट्रले चासो देखाएका थिए। उनीहरुले भेटबारे सञ्चारमाध्यममा आएको विषयलाई लिएर औपचारिक र अनौपचारिक रुपमा जिज्ञसा राख्न थालेका छन।

भेनेजुयलालाई पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाइरहेका छन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले उनीहरुकै अनुरोधमा भेट भएको बताएका छन्। मडुरोसँग भएको भेटको तस्बिर भने सार्वजनिक गरिएको छैन। अन्नपुर्णपोष्ट दैनिकबाट