४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभएको छ।

बिहीवार बसेको प्रतिनिधिसभाको बजेटमाथिको सैद्धान्तिक छलफलमा उहाँले बजेटलाई “फुकेको बेलुन” को संज्ञा दिँदै लामो समय टिक्न नसक्ने टिप्पणी गर्नुभयो। उहाँका अनुसार दक्षिण एसियामा कुनै पनि देशले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३२ देखि ३३ प्रतिशत बराबरको बजेट निर्माण गर्ने अभ्यास छैन।

सांसद सिंहले बजेटमा केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा आम नागरिकलाई राहत दिन नसकेको दाबी गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएकोप्रति आपत्ति जनाउँदै ती क्षेत्र संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नुभयो। निजी विद्यालय र अस्पतालमा लगाइएको करको भार अन्ततः विद्यार्थी र सेवाग्राहीमै पर्ने उहाँको भनाइ थियो।

उहाँले मुलुकमा लगानी र व्यवसायिक वातावरण कमजोर हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्र डर र अनिश्चितताका कारण ऋण लिनसमेत हिचकिचाउने अवस्थामा पुगेको बताउनुभयो। “डरले शासन चल्न सक्छ, तर विकास हुन सक्दैन,” उहाँले भन्नुभयो।

कृषि क्षेत्रप्रति असन्तुष्टि जनाउँदै सांसद सिंहले किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्न बाध्य हुने तर उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था कायम रहेको बताउनुभयो। उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने स्पष्ट व्यवस्था बजेटमा नभएको उहाँको आरोप थियो।

उहाँले युवा रोजगारी सिर्जनाका लागि स्पष्ट कार्यक्रम नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। साथै, व्यापार घाटा, कृषि उत्पादनमा कमी र वैदेशिक रोजगारी तथा रेमिट्यान्समा बढ्दो निर्भरता अर्थतन्त्रका प्रमुख समस्या भएको उहाँको भनाइ थियो।

सांसद सिंहले बजेट घाटामा आधारित भएको र पुरानो ऋण तिर्न नयाँ ऋण लिनुपर्ने अवस्था देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा अर्थतन्त्र कमजोर बनाउने चेतावनी दिनुभयो। पुँजीगत खर्च न्यून रहेको भन्दै उहाँले विकास खर्च प्रभावकारी नभएसम्म रोजगारी र लगानी बढ्न नसक्ने धारणा राख्नुभयो।

उहाँले विगतका वर्षदेखि यस्तै प्रकृतिका बजेट आउने गरे पनि अपेक्षित परिणाम नदेखिएको टिप्पणी गर्दै देशको आर्थिक अवस्था निरन्तर ऋणमुखी बन्दै गएको बताउनुभयो।

तस्बिरः गोपाल दाहाल/रासस