९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द

रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द
फाइल फोटो
अ अ+ अ-

बाजुरा। रानीसैन सङ्घर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ ।

जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको  माग राख्दै जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्र  बन्द गरिएको  रानीसैन संघर्ष समिति बाजुराले जनाएको छ ।

जेठ ५ गते रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयको आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कूलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उहाँकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय  मिनु कुँवर, प्रहरीचौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते हुनुभएको थियो ।

रानीसैन घटनामा संलग्न २३ जनालाई पक्राउ गर्नुपर्ने, जेठ २३ गते रानीसैनको लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिकाका एक सय बढीको समूहले गोठमा आगजनी गरेको, घर भत्काएको र ३५ परिवारलाई लखेटेको विरोध जनाउँदै बजार र कर्णाली करिडोर सडक बन्द गरिएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेले राससलाई जानकारी दिनुभएको छ ।

जेठ ३ गते रानीसैनको लाम्पाटामा निर्माण भइरहेको अस्थायी प्रहरीचौकीमा अवरोधगरी  वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती र एक जना कामदारलाई बन्धक बनाएको घटना जेठ ५ गते बाहिरिएको थियो ।

सोही घटना संलग्न रहेका हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीय देवराज रावलसहित २३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दर्ता भएपनि पक्राउ पुर्जी जारी नभएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई दबाब दिन बजार बन्द गरिएको प्रवक्त पाण्डेले जानकारी दिनुभयो ।

रानीसैनमा भएको बहुमूल्य जडीबुटी र संरक्षित वन्यजन्तु, घोरल, मृग, भालुलगायतका जनावरको चोरी शिकारी गरी चीनको हिल्सा पु¥याउने अवैध धन्दा रोकिने हुदाँ रानीसैनको लाम्पाटामा बसोबास गर्ने जनजाती समुदायका मानिसहरू माथि साङ्घातिक आक्रमण गरेको गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो ।

रानीसैन घटनाका दोषीलाई कारबाहीसहित रानीसैनको लाम्पाटामा प्रहरीचौकी स्थापनाको माग गर्दै रानीसैन पीडित सङ्घर्ष समिति बाजुराले बुधबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलालाई पेस गरेको ज्ञापनपत्रमा जेठ ३ र ५ गते साङ्घातिक आक्रमण गरी घाइते बनाइएका पाँच जनालाई उपचार  व्यहोर्नुपर्ने, लाम्पाटा क्षेत्रको नापी नक्सा मालपोत र नापी कार्यालयले सार्वजनिक गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले लाम्पाटामा एक साता अघि सचिवस्तरको निर्णयबाट सशस्त्र प्रहरी बलको सिमा सुरक्षाचौकी  (विपिओ)  र नेपाल प्रहरीको अस्थायी प्रहरीचौकी राख्ने काम भएको बताउनुभयो ।  रासस