५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सन्दकपुरमा एसएसबीको मनोमानी चल्दा नेपाली भूभागभित्र नै निर्माण कार्यमा अवरोध

सन्दकपुरमा एसएसबीको मनोमानी चल्दा नेपाली भूभागभित्र नै निर्माण कार्यमा अवरोध
अ+ अ-

इलाम । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।

देशकै पर्यटकिय गन्तव्य मानिएको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा रोक लगाएको छ । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसविले आफ्नो भन्दै रोक लगायो । निमार्णमात्रै हैन खाद्यान्नमा पनि रोक लगाएको छ । नेपाली भूभागमा दश गजा छाडेर होटल बनाउँन थाले पनि एसएसविले रोक लगाउने र दुख दिने गरेको स्थानीयको भनाई छ । इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोझ्याएर बस्छन ।

भारतले बारम्बार सिमा मिचेर सँरचना बनाईरहन्छ तर नेपाली भूभागमा सँरचना बनाउदा पनि पटक पटक रोक लगाउने र दुख दिईरहने गरेको स्थानीयको भनाई छ । इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको सिमा प्रसासन कार्यलयका शाखा अधिकृत दयाकृष्ण ढकाल बताउछन् ।

मानेभञ्ज्याङमा नेपाल र भारत तर्पm दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेकाछन । पशुपतिनगरको फाटकमा भारतीयतर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्फबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । ‘त्यहाँ ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन ।

बरम्बार सिमाक्षेत्रमा भएको विषयमा राजनैतिक नेता भने नेपाल र भारतको सिमाना बैज्ञानीकरण नगरे सम्म सँधै समस्या भईरहने र यसका लागी सरकारले काम गरीरहेको पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए। छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन ।

त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । इलाम र भारत सिमाना सँगको लम्वाइ औषत ३८ किलो मिटर र अधिकतम ४५ किलोमिटर रहेको छ । राजधानी दैनिकबाट