५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘गौरवको आयोजना’ सुनकोशी-तेस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु

‘गौरवको आयोजना’ सुनकोशी-तेस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु
अ+ अ-

काभ्रेपलाञ्चोक। ‘गौरवको आयोजना’को रूपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो ।

प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना तथा रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । यसका लागि आयोजनाबाट प्रभावित हुन सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझाव मागिएको छ ।

प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनेछ । कात्तिक १७ गतेसम्मसरोकारवालासँग राय–सुझाव माग गरिएको मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागका इञ्जिनीयर सुवास थपलियाले बताए । उनका अनुसार सुनकोशी–३ का लागि लुभुघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ ।

विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करीब एक हजार ६०० परिवार प्रभावित हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा बताउछन् । उनले भने, “प्रभावित परिवारलाई स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको छ, सम्भवतः पाँचखालमा व्यवस्थित गर्न लागिएको जमीनमा एकीकृत शहरी बस्ती निर्माण हुनसक्छ ।” वर्षौँको पखाईपछि गौरवको आयोजना सञ्चालन हुँदा काभ्रेपलाञ्चोकवासी खुशी हुनु सुखद् विषय भएको मन्त्री बाँस्कोटा बताउछन् ।

उनका अनुसार उक्त स्थानमा जलाशययुक्त विद्युत् आयोजना बन्दा माछापालन, डुङ्गा सञ्चालन, होटल तथा अन्य विकासको सम्भावना रहन्छ भने पारिपट्टि सिन्धुपाल्चोक हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको अवस्थामा काठमाडौँ तथा अन्य ठाउँबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिनेछ । “आयोजना निर्माण सम्पन्नपश्चात जिल्लाको समृद्धिसँगै यहाँको बासिन्दाको आर्थिक अवस्था सवल बन्दै जानेछ”, मन्त्री बाँस्कोटाले भने ।

आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडामा बाँध, विद्युतगृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्नेछ । गौरवको परियोजना कार्यान्वयन हुँदा खुशी मान्नुपर्ने प्रस्तावित परियोजनाको डुबान क्षेत्रमा पर्ने मण्डनदेउपुर–१० का रामबहादुर लामा बताउछन् ।

उनी भन्छन्, “सरकारले डुबान क्षेत्रका बासिन्दालाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्छ, अन्यत्र घर भई डुबान क्षेत्रमा जमीन भएकालाई मुआब्जा दिनुपर्छ ।” उनले डुबानमा पर्ने बस्तीका बासिन्दाले उचित बासस्थान दिए उनीहरू निकै खुशी हुने बताए । वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ को नियम ४ ९१० अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्तरूपमा सार्वजनिक रूपमा अपिल गरेका हुन् ।

गत वर्ष चैतमा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । प्रस्तावित आयोजना निर्माणस्थल काठमाडौँबाट ६० किलोमिटरको दूरीमा पर्छ । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । सन् १९८५ मै ‘जापान इन्टरनेशनल कोअपरेशन (जाइका)’ले यसको सम्भाव्यता अध्ययन गरेको थियो ।

जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रो पनि एउटा हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलब चार मेगावाट) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ । राजधानी दैनिकबाट