९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

सप्तरीमा लोपउन्मुख प्रजातिको अजिंगर फेला पर्ने क्रम जारी

सप्तरीमा लोपउन्मुख प्रजातिको अजिंगर फेला पर्ने क्रम जारी
अ अ+ अ-

जनकपुरधाम । सप्तरीमा लोपउन्मुख प्रजातिको वन्यजन्तु अजिंगर फेला पर्ने क्रम जारी नै रहेको परेको छ । केही महिना भित्र तेस्रो पटक अजिंगर फेला परेको प्रहरीले जनाएको छ । अजिंगर वर्षाको समयमा आसपासको जंगलबाट नदी खोला हुँदै बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । तर जुन रुपमा अजिगंर भेटिरहेको छ सो क्षेत्रमा अझै केही हुनसक्ने सप्तरीका विज्ञहरु वताउँछन । अजिङ्गर ठूलो सर्प नै हो । यो प्रायः घना वन्जङ्गलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ ।

यो कहिलेकाहिँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्दछ ।जनकपुरधामक्षेत्र तिरपनि पटक पटक अजिंगर फेलापर्ने गरेको स्थानीयवासीहरु वताउँछन । मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले अजिंगर देखिने वित्तिकै स्थानीयवासी उसलाई मार्ने गरेको प्रवृति यहाँ रहेको वताए । जनकपुरधाम क्षेत्रमा दर्जनो पटक अजिंगर फेलापरेको तर २०७३ मा मात्रै कपिलेश्वरवाट एउटालाई उद्धार गरिएको छ उनलेवताए । मण्डल सर्प संरक्षणमै कार्यगर्ने गर्छन ।

खोलाको डीलदेखि घरसम्म अजिंगर तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा शनिवार अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयले खाँडो खोलाको ढिलमा अजिंगर देखेपछि नजिकैको सशस्त्र प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार अजिंगर नियन्त्रणमा लिएका हुन् । उक्त अजिङर करिब सात फिट लामो र झण्डै १२ केजी तौलको रहेको वताइएको छ ।
खाँडो खोलामा फेला परेको अजिङगर डिभिजन वन कार्यालय सप्तरीको जिम्मा लगाइएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

अजिंगरलाई वन कार्यालयले कोशी टपु वन्य जन्तु आरक्षको जिम्मा लगाइने बताइएको छ। उक्त यसअघि कंकालिनी नगरपालिका ३ स्थित गिरखोरामा स्थानीयवासीले माछा मार्नेक्रममा अजिंगर फेला पारेका थिए । सो अजिंगरको तौल १० किलो थियो । सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका–१४ मा पनि एक महिना अघि अजिंगर भेटिएको थियो ।

वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिंगर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुर मल्हनीयाबाट गएको टोलीले अन्दाजी २० केजीको अजिंगर लाईनियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सप्तरीको जिम्मा लगाइएको थियो ।

अजिंगर सर्पकै एक प्रजाति अजिंगर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो। यिनीहरू मुख्यत अफ्रिका, एसिया तथा अस्ट्रेलियामा पाईन्छन । अजिङ्गर ठूलो सर्प हो । यो प्रायः घना वन्जङ्गलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहिँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्दछ । यसको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरबिरे रङ्ग्को हुन्छ ।

यसको लम्बाइ करिब सात मिटर हुन्छ। यसको ओजन अन्दाजी ९० किलोग्राम सम्म हुन्छ । सर्पको लम्बाइ केही इन्चदेखि करिब ३२ फिट लामो अजिंगरसम्म हुन्छ । संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो तर यो बिसालु हुँदैन । यसले बाख्रा र मृगका पाठाहरु पुरै निल्न सक्छ । मानिसलाई निलेको नेपालमा कुनै तथ्यांक नरेको तर बच्चाहरुले त्यसकोनजिक गयो भन्ने खतरा हुने मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष मण्डलले वताए ।

सर्पका कारण नेपाली समस्यामा सर्प भन्नेबित्तिकै सबैको सातो जान्छ, चाहे त्यो विषालु होस् वा विषरहित । अझ कतिपय मानिस त आफ्नो वरपर सर्प देख्नेबित्तिकै मार्न तम्सिहाल्छन । सर्प, सर्पको टोकाइ र सर्प संरक्षणसम्बन्धी उचित जानकारी नहुँदा यस्ता घटना हुने गरेको जानकारहरु वताउँछन । सर्पलाई हामीले विगार गरेनै भने त्यसलेपनि जानीजानी हामीलाई दंश नमार्ने मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष मण्डलले वताए ।

अन्टार्टिकाबाहेक हरेक महादेशमा सर्प पाइन्छ । विश्वभर झन्डै तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुन्छन । नेपालमा विभिन्न अनुसन्धानबाट झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ । जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छन ।

नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन । इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन । यिनमा न्युरोटक्सिन भेनोम हुन्छ । राजगोमन (किङ कोब्रा) विश्वकै सबैभन्दा लामो विषालु सर्प हो । यो नेपालमा पनि पाइन्छ । भाइपिरिडी परिवारअन्तर्गत बाघे सर्प (रसेल्स भाइपर) र पिट भाइपर सर्प पर्छन । यिनमा हेमोटक्सिन भेनोम हुन्छ । कोलुब्रिडीअन्तर्गत नेपालमा रेब्डोफिस प्रजातिको सर्प मात्र विषालु पाइएको छ । नेपालका सबैजसो अविषालु सर्प टिफ्लोपिडी, बोएडिर पाइथोनिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन ।

विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा बर्सेनी २० हजार मानिस सर्पदंशबाट प्रभावित हुन्छन । यसमध्ये करिब एक हजारजनाले ज्यान गुमाउने गरेका छन । नेपालका झन्डै २६ जिल्ला सर्पदंशबाट धेरै नै प्रभावित छन । नेपालको तराई क्षेत्रमा सर्पदंश अर्थात् सर्पको टोकाइ डरलाग्दो समस्या हो ।

नेपालका सबै ठाउँमा सर्पदंशबाट प्रभावित र ज्यान गुमाउने मानिस अझ धेरै हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्प विशेषज्ञ समूहका सदस्य कमल देवकोटाले वताए कतिपय बिरामीले अस्पताल नपुगी झारफुक गर्ने हुँदा त्यसको वास्तविक तथ्यांक हालसम्म पनि अधुरै छ उनले थपे । राजधानी दैनिकबाट