१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्स अफिसमा ‘पुष्पा’को सफलतापछि अक्षयले दिए अल्लु अर्जुनलाई बधाई



अ+ अ-

मुम्बई । अहिले बक्स अफिसमा अल्लु अर्जुन स्टारर ‘पुष्पाः द राइज’ले बम्पर कलेक्शन गरिरहेको छ । कमाईको मामलामा यस फिल्मले कैयौं फिल्मलाई पछि पार्दै नयाँ रेकर्डहरुसमेत बनाएको छ ।

अल्लु अर्जुनले फिल्ममा निभाएको भूमिकाको चौतर्फि तारिफ भइरहेको छ । यसैबीच उनको तारिफ गर्नेमा बलिउड सुपरस्टार अक्षय कुमार पनि रहेका छन् । अक्षय कुमारले सामाजिक सञ्जालमार्फत अल्लु अर्जुनलाई बधाई दिएका हुन् ।

अक्षयले दर्शकलाई सिनेमाघरमा फर्काउन यस फिल्मले भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका छन् । अल्लु अर्जुनको अपोजिटमा रश्मिका मन्डना रहेकी छन् भने फहाद फासिल पनि प्रमुख भूमिका छन् ।