१२ श्रावण २०८३, मंगलवार
,
Latest
ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ



अ+ अ-

काठमाडाैँ । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा (०७७–सी४–१६१५) मा काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ–१० कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।