२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा



अ+ अ-

काठमाडाैँ । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ ।

सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका रु ४१ लाख ३२ हजार २२४ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

खानतलासी गर्दा रु २३ लाख ३२ हजारबराबरको ५३ बोरा खरबुजाको बीउ, रु पाँच लाख ७० हजार २४० मूल्यबराबरको ४४ कार्टुन कोलगेट, रु ११ लाख ३५ हजार मूल्यबराबरको २२७ बोरा ओखर, रु ९५ हजार मूल्यबराबरको ३८ बोरा मकै बरामद गरिएको हो ।

प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।