१२ श्रावण २०८३, मंगलवार
,
Latest
ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल



अ+ अ-

काठमाडाैँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ एसिया कप छनोट होडबाट बाहिरिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनमा समेटियो । नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन् ।

यस्तै, सोनी पाख्रिनले १५ तथा सम्झना खड्का र सीता रानामगरले समान १२÷१२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३० रनको योगफल बनाएको थियो । थाइल्याण्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको योगदान दिइन् ।

यस्तै, फानिता मायाले २६ रन बनाइन् भने चानिदा सुथिरूवाङले १६ तथा कप्तान नारूमोइ चाइवाइ ८ रन बनाइन् । बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १÷१ विकेट लिए । यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो । एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ ।