९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै

पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
अ अ+ अ-

कास्की। खेल संस्कृतिको विकास तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले पोखरामा यही जेठ ३० देखि असार ५ गतेसम्म ‘खेल सप्ताह’ आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित ‘खेल सप्ताह’ गर्न लागेको हो । कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा ‘ग्रासरुट’ तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम हुनेछ ।

महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ‘खेल सप्ताह’मा कुल सात वटा खेल समावेश गरिएको बताउनुभयो । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ‘ग्रासरुट’ तहका प्रतियोगिता रहनेछन् । राष्ट्रिय स्तरमा मुवाथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराते, टेबलटेनिसलगायत खेल ‘ग्रासरुट’ तहमा सञ्चालन गरिनेछन् ।

अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो । यसले खेलकुदमा नयाँ प्रतिभाले स्थान पाउनेछन् भने खेल संस्कृति विकास हुनेछ ।”

समितिले खेल सप्ताहको तयारीका काम अघि बढाएको छ । सदस्यसचिव सुरज अधिकारीका अनुसार खेल सप्ताहका अवसरमा ‘मार्सल आर्ट फेस्टिभल’सहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछन् ।

समितिका सदस्यसचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो ।

“खेल सप्ताहले विविध खेल विधालाई प्रवद्र्धन गर्नाका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नेछ । राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा लिएका छौैँ”, अधिकारीले भन्नुभयो । रासस