९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह

मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह
अ अ+ अ-

लण्डन। मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ ।

कृत्रिम बुद्धिमत्ता सम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा शेयर बजारले सकारात्मक गति लिएको हो ।

दक्षिण कोरियाको प्रमुख शेयर सूचकांक सोमबारको ठूलो गिरावटपछि मंगलबार उल्लेखनीय रूपमा बढ्यो । अमेरिकी ब्याजदर बढ्न सक्ने सम्भावना र प्रविधि कम्पनीहरूको अत्यधिक मूल्यांकनको चिन्ताका कारण अघिल्लो दिन बजार घटेको थियो ।

युरोपका प्रमुख शेयर बजारहरू पनि बढेका छन् । जर्मनी र फ्रान्सका बजारमा वृद्धि देखियो । जर्मनीको औद्योगिक उत्पादन र निर्यात अप्रिल महिनामा केही बढेको सरकारी तथ्यांकले लगानीकर्ताको विश्वास बढाएको छ । यद्यपि बेलायतको शेयर बजार भने एक प्रमुख औषधि कम्पनीले अमेरिकी क्यान्सर अनुसन्धान कम्पनीलाई ठूलो रकममा खरिद गर्ने घोषणा गरेपछि केही दबाबमा परेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने शान्ति सम्झौतासम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको बताउनुभयो । इरान र इजरायलबीचका आक्रमण रोकिएपछि क्षेत्रीय तनाव केही कम भएको छ ।

यसैबीच, चीनले मे महिनामा आफ्नो निर्यात बढेको जनाएको छ । प्रविधि सामग्री र मेसिनरीको उच्च निर्यातले मध्यपूर्वी द्वन्द्वका कारण परेको दबाबलाई केही हदसम्म कम गरेको बताइएको छ ।

एक लगानी रणनीतिकारका अनुसार अमेरिकी बजारमा आंशिक सुधार देखिए पनि लगानीकर्ताहरू अझै सतर्क छन् । कृत्रिम बुद्धिमत्ता क्षेत्रका कम्पनीहरूको मूल्यांकन र ब्याजदरको भविष्यबारे अनिश्चितता कायम रहेकाले बजारमा पूर्ण आत्मविश्वास फर्किन बाँकी रहेको बताइएको छ ।

विश्व बजारमा हालको अवस्था “सावधानीपूर्ण स्थिरता” का रूपमा देखिएको छ, जहाँ लगानीकर्ताहरू शान्ति प्रक्रिया, ब्याजदर र प्रविधि क्षेत्रको भविष्यतर्फ केन्द्रित छन् । (रासस/एएफपी)