९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन
अ अ+ अ-

काठमाडौँ।  सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ ।

सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यसवर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले अनुमति दिँदै आएको छ ।

नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ रहेका छन् । विभिन्न देशबाट नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यो वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३१ हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएको जानकारी दिनुभयो । जसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथामा मात्र आरोहणका लागि ४९५ आरोहीले अनुमति लिएका थिए । सगरमाथा आरोहणको अनुमति लिनेमा ५६ देशका आरोही रहेका छन् । जसमा ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा गाइड गरी झण्डै एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसवर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चिनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्टेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्याण्डका ११ आरोही पुगेका छन् ।

यसवर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । सोलुखुम्बूका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोड्नु भएको हो । महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पा ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । उहाँले आफ्नो रेकर्ड आफैँ तोड्नुभएको हो ।

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न दिएको अनुमतिबाट रु एक खर्ब आठ करोड १० लाख ७२५ राजस्व सङ्कलन गरेको छ । लोत्से हिमालबाट रु छ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आमा दब्लमबाट रु एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट रु एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व सङ्कलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएवापत सरकारले रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ । रासस