९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

विदेशमा रहेका नेपालीको सहयोगमा बन्यो विद्यालयको भवन

विदेशमा रहेका नेपालीको सहयोगमा बन्यो विद्यालयको भवन
अ अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको रु तीन करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ ।

स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो । रु तीन करोड ४५ लाखको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले रु तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो ।

पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन विसं २०७२ को महाभूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए ।

साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ५० लाख सहयोग उपलब्ध गराउनुबाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो ।

“विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीहरुबाट मनग्गे सहयोग भएको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेनपा–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो, “दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाहरुले सुविधासम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीहरुप्रति हामी आभारी छौँ ।” विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि इँट्टा बनाएर भवन निर्माण गरेको हो ।


नेपाल समाचारपत्रबाट