९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते

दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
अ अ+ अ-

काठमाडौँ। दक्षिणी गाजाको खान युनिसस्थित अल–मवासी क्षेत्रमा रहेको हमास प्रहरी चौकीलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित प्रहरी महानिर्देशनालयकाअनुसार इजरायली युद्धक विमानले उक्त प्रहरी चौकीमा दुईवटा मिसाइल प्रहार गरेको थियो, जसका कारण मानवीय क्षति भएको हो ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिअनुसार घटनास्थलबाट पाँच जनाको शव तथा १० भन्दा बढी घाइतेलाई अल–मवासीस्थित फिल्ड अस्पतालमा लगिएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार मृतकमध्ये प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिक दुवै रहेका छन् । स्थानीय बासिन्दा अबु इब्राहिमले आफूहरू पटक–पटक विस्थापित हुन बाध्य भएको भन्दै गुनासो गरे ।

यसैबीच, प्यालेस्टिनी राष्ट्रपतिले इजरायलको बढ्दो सैन्य गतिविधि तथा बसोवास विस्तार गर्नेहरूको हिंसात्मक गतिविधिले मध्यपूर्वलाई विपत्तिको संघारमा पु¥याएको जनाएको छ ।

प्यालेस्टिनी सरकारी समाचार संस्थाकाअनुसार राष्ट्रपतिको कार्यालयका प्रवक्ता नबिल अबु रुदैनेहले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

उनले प्यालेस्टिनी जनताको अधिकारलाई बेवास्ता गरेर स्थायी शान्ति सम्भव नभएको बताए । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता इजरायली आक्रमणबाट ९५१ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

सन् २०२३ अक्टोबर ७ देखि हालसम्म गाजामा मृत्यु हुनेको संख्या ७२ हजार ९६१ पुगेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल