२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो



अ+ अ-

काठमाडौँ। इण्डोनेसिया को मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीले सोमवार सुनामीको चेतावनी फिर्ता लिएको जनाएको छ ।

यसअघि फिलिपिन्स को दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै इण्डोनेसियाको उत्तरी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

जारी विज्ञप्तिअनुसार समुन्द्री सतहको अवस्था सामान्य अवस्थामा फर्किएको पुष्टि भएपछि सुनामी चेतावनी समाप्त गरिएको हो ।

एजेन्सीकाअनुसार सोमबार बिहान इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रका केही निगरानी केन्द्रहरूमा साना सुनामी छालहरू रेकर्ड गरिएका थिए ।

यद्यपि ती छालहरूले ठूलो क्षति पु¥याएको विवरण प्राप्त भएको छैन । .स्थानीय सञ्चारमाध्यमहरूका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पका कारण इन्डोनेसियाको उत्तरपूर्वी तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको थियो ।

इण्डोनेसिया र फिलिपिन्स दुवै देश प्रशान्त महासागर वरिपरि रहेको प्यासिफिक रिङ अफ दि फायर क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प तथा ज्वालामुखी गतिविधि हुने गर्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल