१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ

यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अ अ+ अ-

गोरखा। यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन् ।

सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन् ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका घरहरुमा तला ठोकिएका छन् ।

वडा नं. १ को ३४, २५ र २६ नं पिलर रहेका लेक तथा खर्कहरु गाउँलेहरुले खचाखच भएको स्थानीयको भनाइ छ । त्यस्तै वडा नं. ७ को छेक्या र भाज्यो लेकमा पनि गाउँलेहरु पुगेको वडाअध्यक्ष टासी दोर्जे लामाले बताउनुभयो ।

समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको भाज्यो लेक पुग्न छेकम्पारबाट ६ घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्छ । त्यहाँ अहिले छेकम्पारको ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे र निले गाउँका बासिन्दाहरु अस्थायी शिविर बनाएर बसोबास गर्छन् ।

समुद्री सतहबाट चार १६५ मिटर उचाइमा अवस्थित छेक्या लेकमा भने छेकम्पार, झोङ र बुर्जी गाउँका बासिन्दाहरु त्रिपाल टाँगेर अस्थायी बसोबास गरेको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो ।

त्यसैगरी चारहजार मिटरभन्दा अग्लो फुचुन लेकमा छुले गाउँका ४५ घरधुरीको अस्थायी बसोबास रहेको उहाँको भनाइ छ। वडा नं. ७ का सबै गाउँका ८१२ घरधुरीका बासिन्दाहरु अहिले यिनै लेकमा यार्सागुम्बा सङ्कलन गर्न व्यस्त छन् ।

महिला, बालबालिका, वृद्धवृद्धा तथा युवाहरु सबै बिहान ८ बजे शिविरबाट निस्कने, दिनभर यार्सागुम्बा सङ्कलन गर्ने र साँझ ६ बजे बल्ल शिविर भित्रिने गर्छन् ।

यतिबेला चुमनुब्री–७ का गाउँ पनि सुनसान छ । वडाध्यक्ष टासी दोर्जेले केही घरमा बुढाबुढी मात्रै रहेको र अधिकांश घर खाली भएको बताउनुभयो ।

कसैले भने रोङ्वा (तल्लोभेगका) लाई मासिक तलब दिएर घर कुरुवा राखेको उहाँको भनाइ छ । चुमनुब्री–३ फिलिम, पाङसिङतिरका महिलालाई मासिक रु २० हजार तलब दिएर दुई महिनाका लागि घर कुरुवा राखिएको उहाँले जानकारी दिनुभयो ।

गाउँलेहरु बिहान सबेर क्याम्पबाट निस्केर साँझ अबेर क्याम्पमा छिर्छन्। “बिहान खाना खाइवरी ८ बजे यार्सा टिप्न जाने र साँझ ६ बजेपछि मात्रै क्याम्पमा आइपुग्छन्”, केही समयअघि भाज्यू, छेक्यार र फुचुन लेक पुगेर फर्कनुभएका मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारी सुवास नेपालले बताउनुभयो । रासस