७ आश्विन २०८१, सोमबार
,
Latest
परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् महरा, आज फरेन्सिक रिपोर्ट बुझाउँदै



अ+ अ-

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि ब’लात्कार प्रयासको आरोपमा प’क्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अ’पराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ । यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले/नबोलेको पत्ता लाग्छ ।

महराले पीडित महिलाको डेरामा नै नगएको इन्कारी बयान दिएका थिए । जसले गर्दा सरकारी वकिल कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको थियो । अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन । साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ । ‘बिरामी भएर अस्पतालमै बसेकाले पनि पो’लिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो ।’

प्रहरीले केही वर्षयता हरेकजसो गम्भीर किसिमका अपराधको अनुसन्धानमा अभियुक्तको पोलिग्राफ टेस्ट गराउँदै आएको छ । यसलाई अदालतले पनि स्विकार्दै आएको छ ।

आज फरेन्सिक रिपोर्ट बुझाउँदै प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । रायसहितको अनुसन्धान प्रतिवेदन तिहारअघि नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो । पीडित महिलाले मदिरा पिलाएर आफूमाथि ब’लात्कार प्रयास गरेको बताएकी थिइन् ।

प्रहरीले महिलाको डेराबाट मदिरा तथा गिलास पनि बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो । फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् । बरामद मदिरासहितको बोतल, गिलास, महराको भनिएको चस्मालगायत सामानलाई पनि प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।

मुद्दा दायर हुँदै जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । महरा पक्राउ परेको बिहीबार २५ दिन हुन्छ । गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित निवासबाटै पक्राउ गरेको थियो । मुलुकी अ’पराध संहिता, २०७४ को क रणीसम्बन्धी कसुरअनुसार मु’द्दा चलाउन प्रहरीले मागदाबी गरेको छ ।

जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई ब’लात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी लिन राय दिइएको काठमाडौं परिसरले जनाएको छ ।

गत १२ असोजको बेलुका डेरामा आएर आफूमाथि ब’लात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएकी थिइन् । त्यसपछि १३ असोजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो । उनी बिरामी भएपछि २३ असोजदेखि नर्भिक अस्पतालमा राखिएको छ । नयाँ पत्रिका दैनिकबाट




भर्खरै