५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् महरा, आज फरेन्सिक रिपोर्ट बुझाउँदै

‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् महरा, आज फरेन्सिक रिपोर्ट बुझाउँदै
अ+ अ-

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि ब’लात्कार प्रयासको आरोपमा प’क्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अ’पराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ । यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले/नबोलेको पत्ता लाग्छ ।

महराले पीडित महिलाको डेरामा नै नगएको इन्कारी बयान दिएका थिए । जसले गर्दा सरकारी वकिल कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको थियो । अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन । साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ । ‘बिरामी भएर अस्पतालमै बसेकाले पनि पो’लिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो ।’

प्रहरीले केही वर्षयता हरेकजसो गम्भीर किसिमका अपराधको अनुसन्धानमा अभियुक्तको पोलिग्राफ टेस्ट गराउँदै आएको छ । यसलाई अदालतले पनि स्विकार्दै आएको छ ।

आज फरेन्सिक रिपोर्ट बुझाउँदै प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । रायसहितको अनुसन्धान प्रतिवेदन तिहारअघि नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो । पीडित महिलाले मदिरा पिलाएर आफूमाथि ब’लात्कार प्रयास गरेको बताएकी थिइन् ।

प्रहरीले महिलाको डेराबाट मदिरा तथा गिलास पनि बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो । फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् । बरामद मदिरासहितको बोतल, गिलास, महराको भनिएको चस्मालगायत सामानलाई पनि प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।

मुद्दा दायर हुँदै जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । महरा पक्राउ परेको बिहीबार २५ दिन हुन्छ । गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित निवासबाटै पक्राउ गरेको थियो । मुलुकी अ’पराध संहिता, २०७४ को क रणीसम्बन्धी कसुरअनुसार मु’द्दा चलाउन प्रहरीले मागदाबी गरेको छ ।

जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई ब’लात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी लिन राय दिइएको काठमाडौं परिसरले जनाएको छ ।

गत १२ असोजको बेलुका डेरामा आएर आफूमाथि ब’लात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएकी थिइन् । त्यसपछि १३ असोजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो । उनी बिरामी भएपछि २३ असोजदेखि नर्भिक अस्पतालमा राखिएको छ । नयाँ पत्रिका दैनिकबाट