५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाली युवा जस्ले ६ महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरे

नेपाली युवा जस्ले ६ महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरे
अ+ अ-

अन्तर्राष्ट्रिय मिडियामा छाए पुर्जा
३६ वर्षीय नेपाली युवा निर्मल पुर्जाले ६ महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी अविश्वसनीय रेकर्ड कायम गरेका छन् । पुर्जाले मंगलबार बिहान ८ बजेर ५८ मिनेटमा चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमाल आरोहण गरी सो रेकर्ड कायम गरेका हुन् । गोसाइँथान पनि भनिने विश्वको १४औँ अग्लो सिसापाङ्मा हिमाल (८०२७ मिटर) जुगल हिमशृंखलामा पर्छ ।

‘प्रोजेक्ट पोसिबल’ शीर्षकमा सात महिनामा विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्यसहित आरोहण सुरु गरेका पुर्जाले ६ महिना ६ दिनमा मिसन सम्पन्न गरेका हुन् । यसअघि सबैभन्दा छोटो समयमा यो रेकर्ड दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा थियो । उनले सात वर्ष ११ महिना १४ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहणको रेकर्ड बनाएका थिए ।

हिमाल आरोहण सम्पन्न गरी पुर्जा काठमाडौं आइपुगेको उनको आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । सिसापाङ्मा हिमाल आरोहणका क्रममा पुर्जाको टोलीमा मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा, जेसमान तामाङ, लाक्पा देन्डी शेर्पा, हालुङ दोर्जी शेर्पा पनि थिए । मिङ्मा डेभिड शेर्पाले पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण सम्पन्न गरेका छन् ।

सिसापाङ्मा हिमाल आरोहण गरेसँगै उनले चुचुरोबाटै ‘मिसन सफल’ भन्ने सन्देश पठाएका थिए । ‘दृढ र सकारात्मक सोचले अघि बढ्दा मात्रै जीवनमा सबै कुरा सम्भव छ,’ पुर्जाले भने । आफ्नो टिमको दृढताकै कारण मिसन सफल भएको उनले ट्विटरमार्फत जनाएका छन् । ‘हामीले टिमका रूपमा मात्रै होइन, दाजुभाइका रूपमा आरोहण गर्यौ असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो,’ पुर्जाले आफ्नो ट्विटरमार्फत भनेका छन् ।

म्याग्दीको तातोपानीमा जन्मेका पुर्जा ब्रिटिस गोर्खा सेनाबाट अवकाश लिई पूर्णकालीन आरोहणमा लागेका थिए । गत मेमा सगरमाथामा पर्वतारोहीको ट्राफिक जाम भएको तस्बिर उनले खिचेका थिए, जुन संसारभर चर्चित बनेको थियो । त्यसपछि उनको चर्चा संसारभर चुलिएको थियो । यही वर्ष ४८ घन्टाभित्र उनले सगरमाथा, ल्होत्से र मकालु हिमाल आरोहण गरेका थिए ।

आरोहणको क्षेत्रको ठूलो उपलब्धिः आरोहीहरू
पुर्जाले हासिल गरेको रेकर्ड विश्वकै पर्वतारोहणको क्षेत्रमा ठूलो उपलब्धि भएको आरोहीहरूले बताएका छन् । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले यो रेकर्ड आरोहणका क्षेत्रमा अहिलेसम्मकै उल्लेख्य भएको बताए । ‘निर्मलको यो उपलब्धि उनको मात्र होइन, हामी सबै नेपाली र पर्वतारोहणमा लागेकाका लागि निकै महत्वपूर्ण र गौरवको कुरा हो,’ उनले भने ।

त्यस्तै, आठ हजार मिटरमाथिका सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा शेर्पाले पुर्जाको कामले सम्पूर्ण नेपालीमा मात्रै नभई पर्वतारोहणमा लागेका सबैलाई उत्साह प्रदान गरेको बताए । ‘यो सानोतिनो रेकर्ड होइन, तर इच्छाशक्ति भयो भने जस्तोसुकै उपलब्धि पनि हासिल गर्न सकिन्छ भनेर अन्य आरोहीलाई यसले सन्देश दिएको छ,’ उनले भने ।

अहिलेसम्म पनि हिमाल आरोहणको सीप युरोपेलीले जानेका हुन्छन्, उनीहरूबाटै सिक्ने हो भन्ने बुझाइ पर्वतारोहीमा छ । ‘नेपालमा सात हजार मिटरभन्दा अग्ला त हजारौँ हिमाल छन्, हिमाल आरोहण गर्ने सीपमा पनि नेपाली नै अब्बल छन्, उनीहरूबाटै हिमाल आरोहण सिक्नुपर्छ भन्ने सन्देश विश्वभर गएको छ,’ शेर्पाले भने । आठ हजार मिटरभन्दा उच्च सबै हिमाल आरोहण गर्ने ४४ जनामध्ये पाँच नेपाली हुनुले पनि यो विषयलाई पुष्टि गर्ने उनले बताए ।

यसअघिको रेकर्ड आठ वर्ष, अब ६ महिना
संसारका सबैभन्दा उच्च सबै हिमाल आरोहण गर्ने हरेक पर्वतारोहीको सपना हुन्छ । सबैभन्दा पहिला विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने रेकर्ड रेनहोल्ड मेसनरको नाममा छ । उनले सन् १९८६ मा थप अक्सिजन प्रयोग नगरीकनै आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेका थिए । त्यस्तै, सन् २०१० मा इडुर्न पासाबान ती हिमाल आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् ।

तर, सबैभन्दा छोटो समयमा यी सबै हिमाल आरोहणको रेकर्ड भने दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा थियो । उनले सात वर्ष ११ महिना १४ दिनमा ती सबै हिमाल आरोहण गरी सो रेकर्ड कायम गरेका थिए ।

यी सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली भने मिङ्मा शेर्पा हुन् । उनैले सञ्चालन गरेको सेभेन समिट ट्रेक्सले पुर्जाको आरोहणको व्यवस्थापन गरेको हो । उनले सन् २०११ मा कञ्चनजंगा हिमाल आरोहण गरी यस्तो रेकर्ड बनाएका थिए । उनका भाइ छाङदावा शेर्पाले उनीपछि १४ वटै हिमाल आरोहण गरेपछि विश्वमा पहिलोपटक यी हिमाल आरोहण गर्ने दाजुभाइको रेकर्ड यिनीहरूको नाममा लेखिएको छ । त्यस्तै, सानु शेर्पा, निर्मल पुर्जा र मिङ्मा डेभिड शेर्पासहित पाँचजना नेपालीले १४ वटै उच्च हिमाल आरोहण गरेका छन् ।

विश्वमै हलचल ल्याउने रेकर्ड : आङछिरिङ शेर्पा
पूर्वअध्यक्ष, नेपाल पर्वतारोहण संघ

निर्मल पुर्जा राम्रो आरोही हुन् । राम्रो आरोही नभईकन यस्तो उल्लेख्य रेकर्ड राख्न सम्भव हुने थिएन । यो उपलब्धि उनको मात्र होइन, हामी सबै नेपाली र पर्वतारोहणमा लागेकाहरूका लागि निकै महत्वपूर्ण र गौरवको कुरा हो । यो अहिलेसम्मकै उल्लेख्य रेकर्ड हो । यसबारे विश्वभर हलचल हुनेछ, चर्चा हुनेछ । यसले नेपालको पर्वतारोहण र पर्यटनलाई विश्वभर व्यापक बनाउन ठूलो भूमिका खेल्नेछ ।

त्यति मात्र होइन रकेर्डधारी निर्मलको आगामी दिनको सक्रियताले पनि नेपालको पर्वतारोहण क्षेत्रको प्रचारप्रसारमा मद्दत पुग्न सक्छ । उनले अन्तर्राष्ट्रियस्तरमा पुगेर अनुभव बाँड्नुपर्छ, विभिन्न फोरममा पुगेर आफना कुरा राख्नुपर्छ । यस्तो हुन सक्यो भने नेपालको पर्वतारोहण पर्यटनबारे विश्वभर निकै राम्रो सन्देश जान्छ ।

यस्तो रेकर्ड राख्ने व्यक्तिलाई सरकारी स्तरबाट पनि प्रवद्र्धन गर्नुपर्छ । जुन कुरा नेपालको हकमा निकै कमजोर देखिएको छ । पर्वतारोहीले विभिन्न रेकर्ड राखेर स्वदेश फर्कन्छ, तर सरकारी निकायबाट एउटा सुब्बासमेत स्वागतका लागि विमानस्थल पुग्दैनन् । पछि पनि उसको व्यक्तित्वलाई देशको पर्यटनमा कसरी लगाउने भन्नेमा सरकारी निकायको कुनै चासो देखिँदैन । योचाहिँ निकै दुःखद पक्ष हो । नयाँ पत्रिका दैनिकबाट