१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न

क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
अ अ+ अ-

काठमाडौँ। एमएस ग्रुप अन्तर्गतको कम्पनी क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले आज म्यारियट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता (होटल म्यानेजमेन्ट एग्रिमेन्ट) सम्पन्न गरेको घोषणा गरेको छ।

यस सम्झौता अनुसार नेपालमा पहिलो पटक जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्याली सञ्चालनमा आउनेछ। यो सम्झौता दुई कम्पनीबीचको चौथो सहकार्यका साथै नेपालको लक्जरी हस्पिटालिटी क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि पनि हो।

सन् २०३१ को प्रारम्भमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण हुने जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्यालीमा २२१ वटा विलासी अतिथि कक्ष रहनेछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने यस होटलबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू तथा अन्य सांस्कृतिक सम्पदा स्थलहरूमा सहज पहुँच हुनेछ। होटलमा विभिन्न भोजनालय, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, जेडब्ल्यू गार्डेन तथा १,६०० वर्ग मिटरभन्दा बढी क्षेत्रफलको कार्यक्रम तथा सभा स्थल रहनेछन्।

होटल व्यवस्थापन सम्झौतामा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका संचालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एशिया-प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राज मेननले हस्ताक्षर गरेका थिए।

साथै, क्यापिटल होटलको तर्फबाट शशीकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलको तर्फबाट डेभिड म्यारियटबीच थप सम्झौता आदानप्रदान गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय मिङ्मा डेभिड शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो र उहाँले सम्झौता समारोहको साक्षी बस्नुभयो।

“म्यारियटसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण अवसर हो। यस साझेदारी मार्फत हामी नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्‍याउने एक प्रतिष्ठित लक्जरी होटल स्थापना गर्नेछौं,” गौरव अग्रवालले भन्नुभयो, “हाम्रो उद्देश्य नेपालका प्राकृतिक, सांस्कृतिक र आतिथ्यको विशेषता झल्काउने अविस्मरणीय अनुभव प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट हस्पिटालिटी मापदण्ड कायम गर्नु हो।”

जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्याली, दक्षिण एशियामा म्यारियट इन्टरनेसनलको विस्तार हुँदै गएको होटल पोर्टफोलियोमा थपिने नयाँ होटल हुनेछ। यसले नेपालको राजधानीमा विश्वव्यापी रूपमा परिचित जेडब्ल्यू म्यारियटको परिष्कृत विलासिता र उत्कृष्ट आतिथ्य अनुभव ल्याउनेछ।