१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी



अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच दुई महिनाअघि भएको युद्धविरामपछि आइतबार पहिलो पटक भएको व्यापक हवाइ हमला गरेपनि उनीहरू ‘तत्काल युद्धविराम’ गर्न खोजेको दावी गर्नुभएको छ।

“दुवै पक्ष इजरायल र इरानले तत्काल युद्धविराम गर्न चाहेका छन्,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्नुभएको छ ।

उहाँले भन्नुभयो, “अज्ञानता वा मूर्खताको अधीनमा ‘शान्ति’ सम्बन्धी अन्तिम वार्ता अघि बढिरहेको छ ।

यसको केही मिनेटअघि राष्ट्रपति ट्रम्पले इजरायल र इरानलाई आक्रमणलाई तत्काल रोक्न आग्रह गर्नुभएको थियो ।

इरानले आइतबारदेखि सोमबार रातभर इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो र इजरायलले इस्लामिक गणतन्त्रमा सैन्य स्थानहरूलाई लक्षित गरेर जवाफ दिएको थियो ।

बेरुतको दक्षिणी उपनगरमा इरान समर्थित लेबनानी शिया समूह हेजबुल्लाहलाई लक्षित गरी इजरायलले आक्रमण गरेपछि तेहरानले आक्रमण गरेको थियो ।

नोभेम्बरमा हुने संसद्को मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पले धेरै अमेरिकीहरूले नरूचाएको द्वन्द्व अन्त्य गर्न खोजिरहेको देखिन्छ ।  (रासस/एएफपी)